प्रधानमन्त्री ओली र प्रचण्डबीच ३ घण्टा गोप्य छलफल « Khabarhub

प्रधानमन्त्री ओली र प्रचण्डबीच ३ घण्टा गोप्य छलफल


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)बीच बुधबार करिब ३ घण्टासम्म छलफल चलेको छ ।

प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र प्रचण्डबीच छलफल चलेको हो । ओलीसँगको छलफलका लागि प्रचण्ड बुधबार विहान बालुवाटार पुगेका थिए ।

ओली र प्रचण्डबीच झन्डै ३ घन्टा छलफल चलेको नेकपा स्रोतले जानकारी दियो । दुई अध्यक्षबीच पोलिटब्यूरो गठनका सम्बन्धमा छलफल चलेको जनाइएको छ ।

यस्तै पार्टीका विभागहरुलाई पूर्णता दिने विषयमा नेताहरुबीच छलफल चलेको जानकारी पाएको नेकपाका एक स्थायी सदस्यले बताए ।

दुई अध्यक्षबीचको छलफलका क्रममा केही समय महासचिव विष्णु पौडेल समेत सहभागी रहेका जनाइएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ४ : १० बजे

सिँचाइ, तटबन्ध र नदी व्यवस्थापन सरकारको उच्च प्राथमिकतामा

काठमाडौं– सरकारले आगामी आर्थिक वर्षमा थप १५ हजार ७७६ हेक्टर

रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक भरतपुरमा 

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक सुरु

राष्ट्रिय सुरक्षा र हितको रक्षाका लागि सेना तयार : इरान   

तेहरान-  इरानको इस्लामिक रिभोल्युसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले देशको सुरक्षा, सम्मान

मुस्ताङमा पर्यटकको चाप, एघार महिनामा सात लाखले भ्रमण गरे 

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगङ्गा र अन्नपूर्ण गाउँपालिका हुँदै

युद्धविरामका बीच दक्षिणी लेबनानमा हेजबुल्लाहविरुद्धको सैन्य कारबाही जारी

एजेन्सी– इजरायली रक्षा बल (आईडीएफ) ले युद्धविराम लागू रहे पनि