१५ न्यायाधीशको बैठक : प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म इजलासमा सहभागी नहुने अडान | Khabarhub Khabarhub

१५ न्यायाधीशको बैठक : प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म इजलासमा सहभागी नहुने अडान


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजीनामा नदिने बताएपछि भावी रणनीतिबारे छलफल गर्न बसेका सर्वोच्च अदालतका १५ न्यायाधीशले अहिलेको संकटको कारक प्रधानन्यायाधीश नै रहेको निष्कर्ष निकाल्दै उनले राजीनामा नदिएसम्म इजलासमा नबस्ने अडान लिएका निर्णय छन्।

उनीहरुले प्रधानन्यायाधीश राणाको राजीनामा माग्ने सामूहिक अडानमा कायमै रहने र थप निणर्यका लागि बुधबार बिहान ११ः३० बजे छलफलमा जुट्ने तर प्रधानन्यायाधीश राणाले तोक्ने कुनै पनि पेशी नहेर्ने जनाएका छन्। मंगलबार बिहान प्रधानन्यायाधीश राणालाई सामूहिक रुपमा भेटी मार्गप्रशस्त गर्न औपचारिक आग्रह गरे पनि राणाले राजीनामा नदिने बताएपछि न्यायाधीशहरु दिनभर छलफलमा जुट्दै राजीनामाको सामूहिक अडानबाट पछि नहट्ने निष्कर्षमा पुगेका हुन्।

नाम नबताउने शर्तमा खबरहबसँग कुराकानी गर्दै बैठकमा सहभागी एक न्यायाधीशले भने, ‘१५ जनाले सामूहिक रुपमै निकासका लागि प्रधानन्यायाधीशलाई भेटी अब तपाईको नेतृत्वमा न्यायालय नचल्ने अबस्था आएकोले मार्ग प्रशस्त गर्न आग्रह गर्दासमेत उहाँ राजीनामा नगर्ने बताउँनुहुन्छ, सम्पूर्ण रुपमा नैतिकता गुमाइसकेका प्रधानन्यायाधीश न्यायालय नै ठप्प हुँदा समेत संवेदशनील भएको देखिँदैन, उहाँको राजीनामा बेगर अहिलेको समस्या समाधान हुँदैन भन्ने हाम्रो सामूहिक निष्कर्ष हिजो पनि त्यही थियो आज पनि छ र भोलि पनि त्यही रहनेछ।’

उनले बुधबार ११ः३० बजे बस्नेगरी मंगलबारको छलफल सकिएको जानकारी दिँदै बुधबार पनि प्रधानन्यायाधीशले तोकेको पेशीमा आफूहरु नहुने बताए । उनले राजीनामा नै एकमात्र समाधान भएको बताए ।

मंगलबारको छलफलमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, डा आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत, बमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी बैठकमा सहभागी छन्।

बिदामा रहेका न्यायाधीशहरु अनिलकुमार सिन्हा र सपना मल्ल प्रधानले लिखित रुपमै अन्य न्यायाधीशहरुको निष्कर्षमा आफ्नो सहमति रहेको जनाएका छन् भने बुधबारबाट अदालत आए पनि प्रधानन्यायाधीश राणाले तोकेको पेशी नहेर्ने भएका छन्। त्यस्तै बिदामा रहेका न्यायाधीशहरु ईश्वर खतिवडा र तेजबहादुर केसीले पनि सामूहिक निर्णयमा आफ्नो सहमति रहेको जनाएका छन्।

सर्वोच्चमा २० जना न्यायाधीश रहेकोमा प्रधानन्यायाधिस राणाले राजीनामा दिनुपर्ने उनीबाहेकका सबै न्यायाधीशहरु एकमत रहेका छन्। राणा सर्वोच्च अदालतमा सम्पूर्ण रुपमा एक्लिए पनि राजीनामा नगर्ने अडान लिएपछि न्यायाधीशहरुले इजलास बहिष्कार गर्दा कुनै पनि मुद्दाको सुनुवाई हुन सकेको छैन।

यो पनि हेर्नुहोस्

सर्वोच्चमा आज पनि भएन सुनुवाइ, राणाले राजीनामा दिनुपर्ने अडान
कसैले भन्दैमा राजीनामा दिन्नँ : प्रधानन्यायाधीश राणा
बार सल्लाहकार समितिले माग्यो प्रधानन्यायाधीश राणाको राजीनामा

राजीनामा नदिने राणाको अडानपछि सर्वोच्चका १५ न्यायाधीशको छुट्टै बैठक

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ५ : ०१ बजे

सन्दीपले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको

टी–२० आईमा किरण र रुपेशको डेब्यु

स्कटल्यान्ड – स्कटल्यान्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेदरल्यान्डविरुद्धको

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्नेमा महामन्त्री शर्माको जोड

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन र

आजका समाचार : बहिष्कार र विरोधकाबीच संसद् जारी, पत्रकार पाठकलाई पक्राउ नगर्न आदेश र राेकिएन इरान- इजरायल तनाव

विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री केपी शर्मा ओलीले

विकासको संस्कृति सही रुपमा अघि बढिरहेको छ : मन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काठमाडौँ, भक्तपुर