एमाले पालिका अधिवेशन : दाङका पाँच पालिकामा सर्वसम्मत « Khabarhub

एमाले पालिका अधिवेशन : दाङका पाँच पालिकामा सर्वसम्मत


९ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– नेकपा एमालेले दाङका पाँचवटा पालिकामा मात्र नेतृत्व टुंगो लगाएको छ । १० वटा स्थानीय तहमध्ये पाँच पालिकामा सर्वसम्मतबाट नयाँ नेतृत्व छनोट गरेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिए । उनले बाँकी पाँच पालिकामा पनि सर्वसम्मतको प्रयास भए पनि अहिलेसम्म सर्वसम्मत हुन नसकेको बताए ।

उनका अनुसार अहिलेसम्म घोराही उपमहानगरपालिका, बंगलाचुली गाउँपालिका, शान्तिनगर गाउँपालिका, राजपुर गाउँपालिका र गढवा गाउँपालिकामा नयाँ नेतृत्व टुंगो लागेको छ । गढवा गाउँपालिकामा बाबुराम अधिकारीको अध्यक्षतामा ५३ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा मदा न्यौपाने, सचिवमा शिवराज पन्थी, उपसचिवमा केशरी गिरी र मानबहादुर वली चयन भएका छन् ।

त्यसैगरी राजपुर गाउँपालिकामा हेमकुमार जीसीको अध्यक्षतामा ४१ सदस्यीय कमिटी बनेको छ । उपाध्यक्षमा गोविन्द नेपाली, सचिवमा मन्साराम यादव, उपसचिवमा सिमाली झाँक्री र लोकबहादुुर खड्का चयन भएका छन् । बंगलाचुलीमा पुष्पराज भण्डारीको अध्यक्षतामा ४७ सदस्यीय कमिटी बनेको छ । उपाध्यक्षमा भीमबहादुर खत्री, सचिवमा भोजराज पन्त र उपसचिवमा धनबहादुर खड्का चयन भएका छन् ।

यसैगरी घोराही उपमहानगरपालिकामा भुवन चौधरी अध्यक्षमा निर्वाचित भएका छन् । घोराहीमा चौधरीको अध्यक्षतामा ७९ सदस्यीय नयाँ कमिटी गठन भएको हो । नवगठित कमिटीको उपाध्यक्षमा तारा पुरी, सचिवमा इन्द्र बुढाथोकी, उपसचिमा काशी खनाल र कुलबहादुर गोतामे चयन भएका छन् ।

यस्तै, नेकपा एमाले शान्तिनगर गाउँपालिकाको अध्यक्षमा धनबहादुर केसी, उपाध्यक्षमा थम्मन कनौ, सचिवमा टीकाराम रिजाल, उपसचिवमा राकेश बुढाथोकी र शान्ति कँडेल चयन भएका छन् । शान्तिनगरमा ४३ सदस्यीय कमिटी बनेको छ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ९ : १० बजे

७२ वर्षको वर्षमा नागरिकता प्राप्त

तनहुँ– बन्दीपुर गाउँपालिका– ४ लोहीपाखाकी मङ्गली भुजेलले ७२ वर्षको उमेरमा

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव

काठमाडौं – बुधबार बिहान काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको

९ लाख बढी राजस्व संकलन

कर्णाली– सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट

भोजपुरमा १३ पक्की पुल निर्माण

भोजपुर– सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा

ललितपुर र भक्तपुरका पाँच क्षेत्र : कांग्रेस र रास्वपाबीच कडा टक्कर, भक्तपुर १ मा नेमकिपा ढुक्क

 काठमाडौं – देशभर चुनावको माहोल लागिरहँदा काठमाडौँ उपत्यकामा पनि दलहरूले