शाहरुख र समीरबीच एयरपोर्टको त्यो तनाव « Khabarhub

शाहरुख र समीरबीच एयरपोर्टको त्यो तनाव


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– अभिनेता शाहरु खान हालका दिनमा छोरा आर्यन खान लागुऔषध मुद्धामा फँसेपछि निकै तनावमा छन् । नारकोटिक्स कन्ट्रोल ब्यूरोका जोनल निर्देशन समीर वानखेडेले आरोपीकाविरुद्ध कैयौं प्रमाण अदालतमा पेश गरेका छन् । जसकारण आर्यनसहित बाँकी आरोपीहरु हाल जेलको हावा खाइरहेका छन् ।

शाहरुख र समीर आमनेसामने भएको यो पहिलो पटक होइन । यसअघि पनि समीर शाहरुखका लागि आपत बनिसकेका छन् । समीरले कस्टम ड्यूटी नभरेको कारण शाहरुखमाथि डेढ लाखको जरिवाना लगाइसकेका छन् ।

यो घटना सन् २०११ को हो । जब शाहरुख आफ्नो परिवारका साथ हल्याण्ड र लण्डनमा छुट्टी मनाएर मुम्बई फर्किदै थिए । वानखेडे एयरपोर्टमा कस्टम अफिसमा समीर असिस्टेण्ट कमिश्नरका रुपमा काम गरिरहेका थिए । उनको टिमले शाहरुखको परिवारलाई एयरपोर्टमा रोकेको थियो । उनको सामनामा यस्ता कैयौं विदेशी सामान भेटिए, जुनमाथि कस्टम चार्ज तिर्नुपर्ने हुन्थ्यो ।

शाहरुखसँग २० वटा लगेज थिए । जुन लगेजका कारण उनलाई एयरपोर्टमा घण्टौं सोधपुछ गरिएको थियो । शाहरुख र उनको परिवारले करिब डेढ लाख रुपैंयाँको कस्टम ड्युटी भरेपछि उनीहरुलाई त्यहाँबाट छोडिएको थियो ।

शाहरुख एक्ला अभिनेता होइनन्, जसमाथि समीरले कारवाही गरेका छन् । शाहरुखसँगै अनुष्का शर्मा, दीपिका पादुकोण, कटरीना कैफ, विपाशा बसु, विवेक ओबेरोय, मिनीषा लाम्बा, रणवीर कपूर, मीका सिंह, अनुराग कश्यप, रिया चक्रवर्ती जस्ता स्टारलाई समीरले आफ्नो राडारमा लिइसकेका छन् ।

गत अक्टोबर २ मा मुम्बईबाट गोवा गइरहेको क्रुजमा एनसीबीको एक टिमले छापा मारेको थियो । जहाँ एनसीबीले शाहरुखका छोरा आर्यन, अरबाज मर्चेन्ट र मुनमुन धमेचासहित आठ व्यक्तिलाई पक्राउ गरेको थियो । एनसीबीले पक्राउ परेकामाथि लागुऔषधको प्रयोग, खरिदविक्रीको आरोप लगाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ११ : ३९ बजे

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै

नेपालगन्ज– बाँकेको नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौँ– आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको

रविको भारत भ्रमण : कूटनीतिक अग्निपरीक्षा र भू-राजनीति

नेपालको राजनीतिमा जहिले पनि एउटा बहस रहँदै आयो, सिंहदरबारको सत्ता

अण्डाको मूल्य बढ्यो

चितवन– नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल