बलिउड नायिकाहरूको ‘शैली’ चोर्न कान्स पुगेकी हुन् प्रियंका कार्की ? « Khabarhub

बलिउड नायिकाहरूको ‘शैली’ चोर्न कान्स पुगेकी हुन् प्रियंका कार्की ?


८ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – कलाकार प्रियंका कार्की यतिबेला फ्रान्समा छिन् । कान्समा जारी ‘कान्स फिल्म फेस्टिभल २०१९’ को रेक कार्पेटमा हिँड्न कान्स पुगेकी प्रियंकाले रेड कार्पेटमा नहिँड्दै धारावाहिक तस्वीर शेयर गरिरहेकी छिन् । तर, अचम्मको कुरा के छ भने प्रियंकाले अपलोड गरेका ती तस्वीरको पोशाक बलिउड कलाकार प्रियंका चोपडाले लगाएको पोशाकसँग मिल्दोजुल्दो छ ।

यतिसम्म कि, प्रियंका चोपडाले लगाएकै पोशाकको मात्र हैन, प्रियंका कार्कीले चोपडाका ‘पोज’ लाई पनि कपी गरेकी छिन् । फ्रान्स उड्ने बेला विमानस्थलमा बोल्दै कार्कीले नेपाललाई चिनाउने प्रयास गर्ने बताएकी थिइन् । तर, पुग्नासाथ प्रियंका चोपडाको स्टाइल चोरेको भन्दै कतिपयले आक्रोश व्यक्त गरेका छन् ।

दीपिका पादुकोण ।

यति मात्र होइन, प्रिय‌ंकाले अर्की बलिउड कलाकार दीपिका पादुकोणले लगाएको पोशाकको पनि नक्कल गरेकी छिन् । प्रियंका कार्कीले अन्य तस्वीर पनि सामाजिक सञ्जालमा पोस्ट गरेकी छिन् ।

प्रियंका चोपडा ।

ती तस्वीरको पोशाक बलिउड अभिनेत्री दीपिका पादुकोणले प्रयोग गरेको पोशाकजस्तै देखिएको छ । योपछि कतिले प्रियंका कान्स फिल्म फेस्टिभलका लागि गएको कि अर्कैको शैली कपी गर्न कान्स पुगेकी हुन् भन्दै प्रतिक्रिया दिएका छन् ।

प्रियंका चोपडाले कान्स हुँदा इन्स्टाग्राममा शेयर गरेको तस्वीर ।
प्रियंका चोपडा ।
प्रियंका चोपडा ।
प्रियंका कार्की ।
प्रियंका कार्की ।
प्रियंका कार्की ।
प्रियंका कार्की दीपिका पादुकोणले लगाएको पोशाकमा ।

प्रकाशित मिति : ८ जेठ २०७६, बुधबार  ६ : २८ बजे

‘इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा’

एजेन्सी– इरान र ओमान बीच चलिरहेको वार्तामा सकारात्मक प्रगति भएको

लिङ्देनले भने- राप्रपा कार्यकर्ताको राजनीतिक भविष्यको जिम्मा म लिन्छु

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा

महाधिवेशनको प्रक्रिया केन्द्रीय समिति बैठकपछि अघि बढ्छ : सभापति थापा

भक्तपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले केन्द्रीय कार्यसमितिको बैठकपछि

टाइफुन डल्फिनको जोखिमपछि पूर्वी चीनमा विद्यालय तथा पर्यटकीय गतिविधि बन्द

बेइजिङ- टाइफुन डल्फिन चीनको पूर्वी तटतर्फ अघि बढेपछि अधिकारीहरूले उच्च सतर्कता

दलित समुदायका थर सूचीकरणअघि मन्त्रालयले माग्यो सुझाव 

काठमाडौं – महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा