डिसेम्बरमा विवाह गर्दै विक्की र कटरीना « Khabarhub

डिसेम्बरमा विवाह गर्दै विक्की र कटरीना


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफको विवाहको खबरले केही समय यतादेखि बलिउडका मिडिया तातेका छन् । उनीहरुले अगष्ट १८ मा इन्गेजमेन्ट गर्ने खबर पनि नआएको होइन ।

अहिले भने यो जोडी बजारमा आएका हल्लालाई वास्तविकतामा परिणत गर्ने सोचमा छन् । उनीहरु चाँडै विवाह बन्धनका बाँधिने सुरसारमा छन् । यद्यपि उनीहरुले मिडियामाझ यो कुरा बोलेका छैनन् ।

स्रोतका अनुसार विक्की र कटरीनाले विवाहको तयारी सुरु गरिसकेका छन् । दुवैको विवाहको कपडा सब्यसाची डिजाइन गरिरहेका छन् । उनीहरुले कपडाको फ्रेब्रिक छनोट गरिसकेका छन् । कटरीनाले एक रो सिल्क नम्बरको लेहंगा अर्डर दिइसकेकी छन् । उनीहरुले नोभेम्बर र डिसेम्बर बीचमा विवाह गर्ने योजना बनाइरहेका छन् ।

विक्की र कटरीना आजकल प्रायः सँगै भेटिन्छन् । कैयौंपटक विक्की कटरीनाको घरमा पुगेका छन् । हालैमात्र उनीहरु ‘सरदार उधम’को स्क्रिनिङमा पुगेका थिए । त्यहाँ उनीहरुले अंकमाल गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  १२ : ५३ बजे

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै

नेपालगन्ज– बाँकेको नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदै

श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ

काठमाडौँ– आफ्नै श्रीमतीको हत्या गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको

रविको भारत भ्रमण : कूटनीतिक अग्निपरीक्षा र भू-राजनीति

नेपालको राजनीतिमा जहिले पनि एउटा बहस रहँदै आयो, सिंहदरबारको सत्ता

अण्डाको मूल्य बढ्यो

चितवन– नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य पुनःबढाएको

केही भूभागमा चट्याङसहित वर्षाको सम्भावना, तराई क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल