कोरिया जाने कामदारले पाँच हजार डलरको कोरोना बिमा गर्नुपर्ने « Khabarhub

कोरिया जाने कामदारले पाँच हजार डलरको कोरोना बिमा गर्नुपर्ने


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ईपीएस प्रणालीअन्तर्गत दक्षिण कोरिया जाने कामदारहरूले पाँच हजार अमेरिकी डलर बराबरको बिमा गर्नुपर्ने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जाने कामदारका लागि सो रकम बराबरको कोभिड–१९ को बिमा गर्ने कम्पनीहरूलाई आह्वान गरेको हो ।

वैदेशिक रोजगार विभागको प्रस्तावअनुसार एनएलजी, अजोड, प्रभु र प्रिमियर इन्स्युरेन्सले पोलिसी जारी गर्न तयार भएका छन् । यसअनुसार कोरिया जाने कामदारहरूले सम्बन्धित बिमा कम्पनीहरुसँग सम्पर्क गरी जोखिम बीमा गरी प्रमाण पत्र वैदेशिक रोजगार विभागको ईपीएस कोरिया शाखामा बुझाउन सक्नेछन् ।

सूचना हेर्नुहोस्

सूचीकृत नभएका अन्य बिमा कम्पनीहरू यस बिमा पोलिसी दिन तयार भई सूचीकृत हुन आएमा सूचीकृत गरिँदै लगिनेसमेत विभागले जनाएको छ । ईपीएस अन्तर्गत नेपालबाट कोरिया जाने नेपाली कामदार कोरोना महामारीका कारण लामो समयदेखि रोकिएका छन् ।

पछिल्लो समय कोरोना संक्रमणको अवस्था सामान्य बन्दै गएपछि कोरोना मापदण्डको पूर्ण पालनाको सुनिश्चितता गरी कोरिया पक्षसँगको प्रतिबद्धताअनुरुप सरकारले कामदार लैजाने प्रक्रियाअगाडि बढाएको हो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : ०९ बजे

सोमपालले नेपाललाई दिलाए छैठौँ सफलता

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र

गैरीगाउँ क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर (तस्बिरहरू)

काठमाडौं– काठमाडौंमा सुकुम्बासी बस्ती हटाउने अभियानअन्तर्गत तीनकुने–गैरीगाउँ क्षेत्रमा पनि डोजर

यूएईले गुमायो पाचौँ विकेट, सोमपालको बलमा अक्षदीप आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार नेपाल र

गोरखा भूकम्पको ११ वर्षपछि पनि दलित बस्ती कष्टमै : त्रिपालमुनि जीवन, घर निर्माण अझै अलपत्र

गोरखा– २०७२ सालको विनाशकारी भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि

मध्यपूर्व सङ्कट समाधानतर्फ अन्तर्राष्ट्रिय प्रयास तीव्र

निकोसिया– युरोपेली सङ्घका नेताहरूले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वप्रति गहिरो चिन्ता