सवारी दुर्घटनामा एकको मृत्यु, चार जना घाइते « Khabarhub

सवारी दुर्घटनामा एकको मृत्यु, चार जना घाइते


१० कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगरको कञ्चनवारिमा सवारी दुर्घटना हुँदा एक जना वृद्धको ज्यान गएको छ । दुर्घटनामा थप चार जना घाइते भएका छन् ।

विराटनगरबाट इटहरीतर्फ गइरहेको प्रदेश २–०३–००१ ख १७७२ नम्बरको ट्रकले प्रदेश २–००१–०३–च २८५१ नम्बरको कारलाई ठक्कर दिएको थियो । ओभरटेक गर्दा कार ट्रकमा ठोक्किएर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।

कारको ठक्करले उछिट्टिएको डिभाइडरले लागेपछि पैदलयात्री विराटनगर ६० वर्षीय रमेशकुमार पाण्डेको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कारले पैदलयात्रीलाई ठक्कर दिएपछि इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको बा२झ ३२६५ नम्बरको नेपाली सेनाको स्कारपियो गाडीमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी कार चालक सप्तरी राजविराज घर भएका दिलीपकुमार यादव, ब्रमदेव यादव, गिरीराज चौधरी र सुनिता यादव घाइते भएका छन् । उनीहरूको विराटनगरस्थित अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

नेपाली सेनाले चलाएको स्कारपियो र ट्रक चालक अहिले मोरङ प्रहरीको नियन्त्रणमा रहेका छन् । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  ९ : २६ बजे

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे

नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा गएको बाढीबाट नौ वटा जलविद्युत् आयोजनाका ५३७