वाग्मती प्रदेशमा नयाँ सरकार आज, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै « Khabarhub

वाग्मती प्रदेशमा नयाँ सरकार आज, राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा – कुनै नाटकीय राजनीतिक खेल नभए आज नेकपा एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै छन्।

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधवार राजीनामा दिएपछि त्यसको भोलिपल्ट चार दलीय गठबन्धनका तर्फबाट पाण्डे मुख्यमन्त्री बन्ने भएका हुन् ।

गठबन्धनले हिजै ५९ प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेस गरिसकेको छ। मुख्यमन्त्री दाबीका लागि हस्ताक्षर गर्नेहरूमा माओवादी केन्द्रका २३, नेपाली काङ्ग्रेसका २२, नेकपा एकीकृत समाजवादी (एस)का १३ र जनता समाजवादी पार्टी (जसपा)का १ सदस्य छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले दलहरूलाई मुख्यमन्त्रीमा दाबी गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएका छन्। तर पाण्डेबाहेकको दाबी पेस हुने सम्भावना छैन ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने भएकाले पाण्डे नै मुख्यमन्त्री बन्ने पक्का जस्तै छ ।

पार्टी विभाजनपछि सङ्घमा मात्रै होइन प्रदेशमा पनि एमालेले सत्ता गुमाउँदै गइरहेको छ ।

 

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ९ : ०५ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट