एक सातादेखि जहाजको टिकट नपाउँदा यात्रु अलपत्र « Khabarhub

एक सातादेखि जहाजको टिकट नपाउँदा यात्रु अलपत्र


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी- जिल्लाको पुर्वी उत्तरी भेगमा रहेको एक मात्र विमानस्थल कोल्टीमा जहाजको टिकक नपाउदा यात्रु एक सातादेखि अलपत्र परेका छन् ।

बाजुरा, मुगु र हुम्लाका बासिन्दाले सेवा लिँदै आएका सेवाग्राहीले एक सातादेखि जहाजको टिकट नपाएको गुनासो गरेका छन् । कोल्टीबाट उडान हुने नेपालगञ्ज र धनगढीको टिकट नपाउदा सयौँ यात्रु कोल्टी विमानस्थलमा अलपत्र परेको स्थानीय पत्रकार धनबहादुर बोहराले राससलाई बताए ।

बाजुरासहित छिमेकी जिल्लाका वासिन्दा एक सातादेखि जहाजको पर्खाइमा रहेको र जहाजको टिकटसमेत नपाएको यात्रुले गुनासो गर्न थालेको उनले जानकारी दिए । कोल्टीबाट अहिले समिट र तारा एयरलाइन्सले जहाज उडान गर्दै आएका भए पनि यात्रुको चाप बढी भएकाले उनीहरुले टिकट पाउन सकेका छैनन् ।

कर्णाली राजमार्ग र मार्तडी-कोल्टी सडक अवरुद्ध बनेपछि कोल्टीमा ६०० भन्दा बढी यात्रु एक सातादेखि टिकटको पर्खाइमा रहेको हुम्लाका खुमबहादुर रावतले बताए । समिट र तारा एयरलाइन्सले दैनिक एउटा-एउटा उडान गर्ने भए पनि यात्रुको चाप निकै बढेको छ । यात्रुको भीड व्यवस्थापन गर्न विमानस्थललाई निकै समस्या परेको छ । एक सातायता हवाई सेवा नियमित हुन नसकेको कोल्टी विमानस्थलले जनाएको छ।

यात्रुले टिकट नपाउँदा बिरामी, असहाय अशक्तसमेत अलपत्र परेका छन् । कोल्टीमा यात्रुको चाप बढी भएको र उनीहरुलाई व्यवस्थापन गर्न सकस भएको निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १० : ४५ बजे

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)

मही प्रवर्द्धन गर्दै गैँडाकोट नगरपालिका

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले स्थानीय उत्पादनको रुपमा रहेको मही

बर्डफ्लु नियन्त्रणका लागि सतर्कता अपनाउन आग्रह

कालीकोट– देशका विभिन्न स्थानमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) सङ्क्रमण पुष्टि भइरहेका

कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

कञ्चनपुर– कञ्चनपुरलाई ‘पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला’ घोषणा गरिएको

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की– कास्कीको पोखरा महानगरपालिका- ३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट