सात सय वर्ष पुरानो किल्लामा विवाह गर्दै विक्की र कटरीना « Khabarhub

सात सय वर्ष पुरानो किल्लामा विवाह गर्दै विक्की र कटरीना


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– भलै कटरीना कैफले अभिनेता विक्की कौशलसँगको विवाहको खबरमा बिराम लगाएकी छन् । तर समाचारहरुलाई आधार मान्ने हो भने यो उनीहरुको केवल रणनीति मात्र हो । उनीहरु आफ्नो विवाहमा फ्यानको भीड नलागोस् भन्ने चाहन्छन् ।

उनीहरु यही डिसेम्बरमा राजस्थानमा राजसी ठाँटका साथ विवाह गर्दैछन् । यो जोडी सवाई माधेपुरको ७ सय वर्ष पुरानो एक किल्लामा विवाह गर्ने सुरसारमा छन् । जसको नाम सिक्स सेन्स फोर्ट बरवाडा हो ।

मूल रुपमा राजस्थानी शाही परिवारको सिक्स सेन्स फोर्ट बडवारामा दुई महल र चारढोका भित्र दुई मन्दिर छन् । ५ दशमलब ५ एकडको यो महल ६ मिटर उचाईको एक ठूलो चट्टानमा घेरिएको छ ।

फोर्टमा ४८ गेस्ट सुइट छ । इस्ट विंग सुइडबाट ग्रामीण इलाका देख्न सकिन्छ र वेस्ट विंग सुइटबाट बरवाडा गाउँ देखिन्छ ।

इटाइम्सका अनुसार विक्की र कटरीनाको विवाह यही हुँदैछ । यो फोर्ट रणथंभौर नेशनल पार्कबाट ३० मिनेटको दुरीमा अवस्थित सवाई माधेपुरमा छ ।

यो फोर्ट १४ औं शताब्दीको किल्ला हो । जसलाई सिक्स सेन्स सेञ्चुरी र वेलनेस स्पामा परिवर्तन गरिएको छ । पुननिर्माण पछि यसको उद्घाटन अक्टोबरमा भएको हो ।

कटरीनाको वैवाहिक पहिरन सब्यसाँचीले तयार परिरहेकी छन् । विक्कीका पिता शाम कौशलले आफूलाई बधाई दिइरहेका व्यक्तिहरुसँग कुनै प्रतिक्रिया जनाएका छन् । कटरीनाको नजिकका मान्छेहरु पनि केवल छानिएका फोन मात्र रिसिभ गरिरहेका छन् ।

यो जोडीको विवाह ७ देखि डिसेम्बर ११ को बीच हुँदैछ । किनकी रिसोर्टको वेबसाइटमा यो पाँच दिनका लागि अनलाइन बुकिङ बन्द गरिएको देखाइएको छ ।

यो लग्जरी रिसोर्टमा फोर्ट सूइट र अरवाली सुइट छन् । जहाँ ३ व्यक्तिलाई एक रात बसेको मूल्य ६५ हजार देखि १ लाख २२ हजारसम्म छ । पाहुनाका लागि निःशुल्क खाना र वाइफाइ सुविधा दिइएको छ ।

चौथ माता मन्दिरका अलावा यो सहरमा गुर्जरोको एक आराध्य भगवान श्री देवनारायण तथा मीन भगवानको भव्य मन्दिर छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १० : ५२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल