आर्यनसँग सेल्फी लिने किरण गोसावी पक्राउ | Khabarhub Khabarhub

आर्यनसँग सेल्फी लिने किरण गोसावी पक्राउ


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बीबीसी)– बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानमाथि चलिरहेको लागुऔषध मामलामा नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसीबी)ले स्वतन्त्र साक्षी किरण गोसावीलाई पुणे सिटी प्रहरीले पक्राउ गरेको छ ।

किरण गोसावी निजी(स्वघोषित) जासूस हुन् र आर्यन मामलामा एनसीबीले उनलाई स्वतन्त्र साक्षी बनाएको थियो । गोसावीलाई पुणे प्रहरीले सन् २०१८ को एक धोखाधडी मुद्धामा पक्राउ गरेको हो ।

आर्यन पक्राउ परेपछि आर्यनसँग किरणको एक सेल्फी तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । यो सेल्फी पछि किरणको अवस्था अज्ञात थियो ।

यो तस्वीरपछि आर्यन मामलामा किरणको भूमिकालाई लिएर प्रश्न उठिरहेको थियो । उनी उत्तर प्रदेशमा रहेको र उनले यूपी प्रहरीसँग आत्मसमर्पण गर्ने कुरा गरेको खुल्न आएको थियो । यद्यपि बुधबार उनी पुणे गए र उनले समाचार च्यानलसँग आफू मुम्बईमा एनसीबी अधिकारीहरु समक्ष पेश हुने जानकारी दिएका थिए ।

एनसीबीको रेडमा किरणको सहभागिता लिएर प्रश्न उठेको थियो । पुणेमा कस्बा पीठ इलाकाको चिन्मय देशमुखले किरणविरुद्ध सन् २०१८, मे २९ मा फरास्खाना प्रहरी स्टेसनमा एफआईआर दर्ता गराएका थिए । एफआईआरअनुसार गोसावीले सामाजिक सञ्जालमा होटल मेनेजमेन्टको जागिरका लागि विज्ञापन पोस्ट गरेका थिए र देशमुख यही जागिरको लागि उनको सम्पर्कमा आएका थिए ।

देशमुखका अनुसार किरणले देशमुखलाई मलेशियामा जागिर लगाइदिने आश्वासन दिएका थिए । जसको बदलामा आफ्नो खातामा ३ लाख ९ हजार रुपैंयाँ पठाउन भनेका थिए । तर किरणले पैसा त लिए, देशमुखले जागिर पाएनन् । देशमुखले किरणलाई पैसा माग्दा पैसा पनि फिर्ता दिएनन् । त्यहीकारण किरणविरुद्ध प्रहरीले आईपीसीको सेक्सन ४१९ र ४२० अनुसार उजुरी दिएका हुन् ।

अक्टोबर १३ मा पुणे सिटी प्रहरीले किरणविरुद्ध लुकआउट नोटिस जारी गरेको थियो ताकि उनी देश छोडेर बाहिर जान नसकुन् । यसै महिनाको अक्टोबर १८ मा प्रहरीले शरहबानो कुरैशीलाई मुम्बईको गोवाडीस्थित उनकै निवासमा पक्राउ गरेको थियो । त्यो समयमा बानो किरणको सहायक थिइन् । उनी पक्राउ परेपछि देशमुखको पैसा बानोको खातामा आएको खुलेको थियो ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ११ : १६ बजे

विश्व च्याम्पियन वेस्ट इन्डिजसँग नेपालले तीन खेलको ऐतिहासिक ट्वान्टी-२० सिरिज खेल्दै

काठमाडौं- नेपालले यही सेप्टेम्बरमा पहिलो पटक आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग

तापजन्य जोखिमबारे गम्भीर हुन आग्रह

कीर्तिपुर– विज्ञहरूले बढ्दो तापक्रमले ल्याउन थालेका विपत्तिबाट हुने जन धनको

सीआईबी वस्तुनिष्‍ठ अनुसन्धानमा थप क्रियाशील हुनुपर्छ : हानिरीक्षक थापा

काठमाडौं– प्रहरी महानिरीक्षक दीपक थापाले गम्भीर प्रकृतिका अपराधको अनुसन्धान गर्ने

दुर्घटनामा परेको विमानमा सवार कोही पनि जीवित रहेको देखिएन : अहमदावाद प्रहरी

काठमाडौं– भारतको अहमदावादमा दुर्घटनामा परेको विमानमा सवार कोही पनि जीवित

सरकारी बेवास्तापछि देशव्यापी आन्दोलनतर्फ द्वन्द्वपीडित

पोखरा – मुलुकमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्व क्रममा भएका विभिन्न