गायिका नेहालाई ‘एंग्जायटी’ « Khabarhub

गायिका नेहालाई ‘एंग्जायटी’


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड गायिका नेहा कक्कड निजी जीवनलाई लिएर खुलेर कुरा गर्छिन् । नेहाले एक रियालिटी शोमा आफू एक बिरामीबाट पीडित भएको र जसकारण आफूलाई थुप्रै काममा अवरोध हुने गरेको खुलाएकी छिन् ।

नेहाका अनुसार उनलाई ‘एंग्जायटी’ रोग छ । जसकारण उनले अनेक समस्या भोगेकी छन् । ‘मसँग राम्रो परिवार, करियर भए पनि यो रोगका कारण समस्या झेलिरहेकी छु’, उनले भनेकी छन् ।

स्वास्थ्य विज्ञ डा. विकास खन्नाले ‘एंग्जायटी’ एक मानसिक रोग भएको र जसकारण मानसिक रुपमा मानिसलाई कमजोर बनाउने गरेको बताए । ‘कोही व्यक्ति यो रोगबाट पीडित छन् भने उसलाई केही गलत हुँदैछ भन्ने डर हुन्छ । यही डरका कारण मानिसलाई पेनिक अट्याक हुन्छ । व्यक्तिको मुटुको गति बढ्छ र उसको श्वास बढ्न जान्छ’, डा. खन्नाले भनेका छन् ।

डा. खन्नाका अनुसार ‘एंग्जायटी डिसअर्डर’ ले पीडितको व्यक्तिगत र व्यावसायिक जीवनमा ठूलो असर पार्दछ । यो रोग लामो समयसम्म जाने र जसकारण मानिसमा डिप्रेसनको समस्या आउने गर्दछ ।

नेहाले कैयौं पटक ‘एंग्जायटी’ विषयमा कुराकानी गरेकी छन् । कामको कुरा गर्दा उनी भाई टोनीका साथ कैयौं सिंगल ट्रयाक गीत बजारमा ल्याइसकेकी छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  १२ : ०९ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते