आर्यन खानले पाए जमानत « Khabarhub

आर्यन खानले पाए जमानत


११ कार्तिक २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– अभिनेता शाहरुख खानका छोरा आर्यन खानले २५ दिनपछि जमानत पाएका छन् । बम्बई हाई कोर्टले बिहीबार आर्यनसँगै अरबाज र मुनमुन धनेचालाई जमानत आदेश दिएको हो । कोर्टमा तीन दिन यता जमानतको विषयमा लिएर सुनुवाई चलिरहेको थियो ।

अदालतले जमानतको निर्णय दिए पनि जमानत निर्णयको विस्तृत कपी भोलि सार्वजनिक हुनेछ । अदालतले जमानत आदेश दिए पनि उनी शुक्रबार या शनिबारमात्र जेलमुक्त हुनेछन् ।

बिहीबार बम्बई हाई कोर्टमा ३ बजेबाट सुरु भएको सुनुवाईमा साँझ ४ः४५ बजेमात्र फैसला सुनाइएको थियो ।

आर्यनसहित आठ व्यक्ति गत अक्टोबर ३ मा मुम्बईबाट गोवा जाँदै गरेको क्रुजमा भएको ड्रग्स पाटीमा पक्राउ परेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ५ : १८ बजे

‘सातौँ सोल्मा अन्तर वडाकपको उपाधि इन्द्रेणीपोखरीलाई

खोटाङ– सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले आयोजना गरेको ‘सातौँ सोल्मा

दाङमा मौलाउँदो व्यावसायिक फूलखेती, १६ लाखसम्म आम्दानी गर्ने लक्ष्य

दाङ– दाङमा पछिल्लो समय व्यावसायिक सयपत्री फूलखेतीतर्फ आकर्षण बढेको छ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ६०० ले

करोड फिरौती माग्दै तुषार कपुरलाई ज्यान मार्ने धम्की,

काठमाडौं– बलिउड अभिनेता तुषार कपुरलाई ज्यान मार्ने धम्की दिँदै ५

राष्ट्रपति पौडेलबाट दक्षिणकाली मन्दिरमा पूजाअर्चना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान प्रसिद्ध धार्मिकस्थल दक्षिणकाली मन्दिरमा