राजदूतमा सिफारिस शर्मा, खत्री र आचार्य को हुन् ? « Khabarhub

राजदूतमा सिफारिस शर्मा, खत्री र आचार्य को हुन् ?


११ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले डा. शंकर शर्मालाई भारत, प्राध्यापक श्रीधर खत्रीलाई अमेरिका र ज्ञानचन्द्र आचार्यलाई बेलायतका लागि राजदूतमा सिफारिस गरेको हो ।

सरकारले सिफारिस गरेका तीनै जना वरिष्ठ कूटनीतिज्ञ हुन् । भारतका लागि सिफारिस शर्मा अमेरिकाका लागि राजदूत भइसकेका व्यक्ति हुन् । उनी अर्थविद् हुन् । उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका छन् भने संविधान निर्माणका क्रममा उनले राज्यको स्रोत साधनको बाँडफाँडका विषयमा संविधानसभालाई विज्ञका रुपमा सहयोगसमेत गरेका थिए ।

यस्तै अमेरिकाका लागि सिफारिस भएका प्राध्यापक खत्री साउथ एसिया सेन्टर फर पोलेसी स्टडिज काठमाडौँका कार्यकारी निर्देशक, रिजनल सेन्टर फर स्ट्राटेजिक स्टडिज कोलम्बोका पूर्वकार्यकारी निर्देशक र कार्यकारी निर्देशक इन्स्टिच्युट अफ फरेन अफयेर्स काठमाडौँका कार्यकारी निर्देशक हुन् । उनले सिटी कलेज न्यूयोर्क र कोलम्बिया युनिभसिर्टीबाट स्नातकोत्तर गरेका छन् । उनी लन्डन स्कुल अफ इकोनोमिक्सका भिजिटिङ स्कलर हुन् ।

यस्तै बेलायतका सिफारिस आचार्य वरिष्ठ कूटनीतिज्ञ हुन् । उनी संयुक्त राष्ट्र संघको उपमहासचिबसमेत रही सकेका छन् । न्यूयोर्कस्थित राष्ट्रसंघीय कार्यालयमा नेपालका स्थायी प्रतिनिधिसमेत रहेका छन् । आचार्य नेपालका वरिष्ठ करिअर डिप्लोम्याट हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार  ८ : ०९ बजे

हर्क साम्पाङ सामाजिक सञ्जालमा किन बिर्सन्छन् हैसियत ?

सामाजिक सञ्जालमा एउटा भनाइ निकै चर्चित छ- ‘पहिले पोस्ट गर,

अपाङ्गता भएका व्यक्तिलाई आयआर्जनमूलक सामग्री वितरण

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ६० हजार राजस्व संकलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार ६६ सवारीचालकलाई सवारी नियम

विश्वलाई चीनको सन्देश : ‘विकास र ग्रामीण पुनर्जागरण नै गरिबी अन्त्यको आधार’

निङ्सिया (चीन)- उत्तरी छिमेकी चीनले विकास, गरिबी न्यूनीकरण र साझा समृद्धिलाई

सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु

सुनसरी– कोशी गाउँपालिका–८ केराबारीस्थित महेन्द्र राजमार्गमा गए राति सवारीसाधन (पिकअप)