भोपालको फोहोर विरोधमा दुई भारतीयद्वारा आत्मदाह « Khabarhub

भोपालको फोहोर विरोधमा दुई भारतीयद्वारा आत्मदाह


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – दशकौँ पुरानो भोपाल औद्योगिक प्रकोपबाट खतरनाक फोहोरको विसर्जनको विरोधमा भारतमा दुई जनाले शुक्रबार आत्मदाह गरेको स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् ।

सामाजिक सञ्जालमा देखिएका तस्बिरहरूमा ती दुई पुरुषले आफूमाथि तरल पदार्थ खन्याएर आगोको ज्वालामा जलेको देखिएको छ । यद्यपि अधिकारीहरूले दुवै जना पुरुषहरू बाँचेको बताएका छन् ।

विश्वकै सबैभन्दा घातक औद्योगिक दुर्घटना भएको ४० वर्षपछि भोपाल शहरमा बाँकी रहेको सयौँ टन खतरनाक फोहोर विसर्जनका लागि पिथमपुर लगिएपछि शुक्रबार विरोध प्रदर्शन सुरु भयो ।

‘आत्मदाहको प्रयास दुर्भाग्यपूर्ण थियो, तर दुवै जना अहिले सुरक्षित छन्‘, पिथमपुर अवस्थित धार जिल्लाका प्रशासनिक प्रमुख प्रियङ्क मिश्राले भने ।

कन्टेनरभित्र सिल गरिएको ३३७ टन फोहोर बोकेको प्रहरी एस्कर्टसहित ट्रकहरूको लामो लस्कर बुधबार राति मध्य प्रदेश राज्यको पिथमपुर आइपुगेको थियो ।

यो फोहोर डिसेम्बर १९८४ मा भोपालको युनियन कार्बाइड कारखानामा भएको दुर्घटनाको हो । त्यहाँ रसायन चुहावटको तत्काल प्रभावमा करिब तीन हजार ५०० जनाको मृत्यु भएको थियो र कूल २५ हजार जनासम्म मरेको अनुमान गरिएको छ ।

कीटनाशक उत्पादनमा प्रयोग गरिएको २७ टन मिथाइल आइसोसाइनेट (एमआइसी) घातक रसायन भण्डारण गर्ने ट्याङ्कीहरू मध्ये एउटाको कङ्क्रिट खोल फुटेपछि २० लाखभन्दा बढी जनसंख्या भएको शहरभरि फैलिएको थियो ।

समुदायहरूले दशकौँदेखि अत्यधिक विषाक्त ग्यास चुहावटपछि भूमिगत पानीको प्रदूषणका कारण उच्च स्तरको बिरामी हुने गरेको आरोप लगाउँदै आएका छन् ।

फोहोर सफा गर्ने आदेश डिसेम्बरमा गरिएको थियो र मिश्राले यसको सुरक्षित रूपमा विसर्जन गरिने कुरामा जोड दिए ।

‘यो प्रक्रिया देशका शीर्ष वैज्ञानिक संस्थाहरूको निगरानीमा गरिँदैछ‘, उनले भने, ‘हामीले पहिले नै धेरै सार्वजनिक परामर्श गरिसकेका छौँ र हामी मानिसहरूलाई अझै सरल शब्दमा यो सुरक्षित कार्य हो भनेर बुझाउन जारी राख्नेछौँ ।’

मध्य प्रदेशका मुख्यमन्त्री मोहन सिंहले पनि परीक्षण विसर्जन अभ्यासले यसको ‘वातावरणमा कुनै प्रभाव नपरेको’ देखाएको बताएका छन्‌ ।

भोपालमा विगतमा स्थल नजिकको भूमिगत पानीको परीक्षणले क्यान्सर र जन्मजात विकृति गराउने रसायनहरू अमेरिकी वातावरण संरक्षण एजेन्सीले स्वीकार गरेको सुरक्षित मात्राभन्दा ५० गुणा बढी रहेको देखाएको थियो ।

समुदायहरूले सेरेब्रल पाल्सी, सुनाइ र बोलाइ कमजोरी र अन्य अपाङ्गताहरू लगायतका स्वास्थ्य समस्याहरू दुर्घटना र भूमिगत पानीको प्रदूषणको कारणले भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ८ : १४ बजे

कृषिकर्ममा रमाउँछन् बलिउड स्टार

दिनभरि क्यामेराको फ्ल्यास, रेड कार्पेटको चमकदमक र लाखौँ फ्यानको नजरबीच

ह्वाइट हाउस बाहिर गोलाबारी, सुरक्षाकर्मीको कारबाहीमा बन्दुकधारी मारिए

वासिङ्टन – अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर अन्धाधुन्ध गोली

जानकी गाउँपालिकालाई एक बिघा १० कट्ठा जमिन दान

कैलाली– कैलालीको जानकी गाउँपालिकाले स्थापना भएको एक दशकपछि प्रशासनिक भवन

कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

कञ्चनपुर– धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १