वेस्ट इन्डिजको पहिलो जित, बंगलादेश लगातार पराजित « Khabarhub

वेस्ट इन्डिजको पहिलो जित, बंगलादेश लगातार पराजित


१२ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बंगलादेश लगातार तेस्रो खेलमा पराजित हुँदा वेस्ट इन्डिजले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ ।

सारजाहमा शुक्रबार भएको खेलमा बंगलादेशलाई तीन रनले हराउँदै वेस्ट इन्डिजले पहिलो जित निकालेको हो ।

वेस्ट इन्डिजले दिएको १ सय ४३ रनको लक्ष्य पछ्याएको बंगलादेशले २० ओभरमा पाँच विकेट गुमाएर १ सय ३९ रन बनायो ।

बंगलादेशका लागि लिट्टन दासले सर्वाधिक ४४ रन बनाए । कप्तान महमुदउल्लाहले अविजित ३१ रन बनाए ।

वेस्ट इन्डिजका रबी रामपाल, ड्वाने ब्राभो, जासन होल्डर,आन्द्रे रसेल र अकिल होसेनले समान १–१ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा सात विकेट गुमाएर १ सय ४२ रन बनायो ।

वेस्ट इन्डिजका निकोलस पुरनले सर्वाधिक ४० रन बनाए । रोस्टन चेसले ३९ रन जोड्दा जासन होल्डरले अविजित १५ रन बनाए ।

बंगलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले समान २–२ विकेट लिए ।

जितसँगै वेस्ट इन्डिजले तीन खेलमा दुई अंक जोडेको छ । समूह एकको वेस्ट इन्डिज पाँचौं स्थानमा रहेको छ । बंगलादेशले लगातार तेस्रो हार व्यहोरेको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ८ : २३ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा