सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी « Khabarhub

सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी छ । बझाङ, कञ्चनपुर र कैलालीका केही वडामा वडा अधिवेशन हुन नसकेको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले बताए ।

उनका अनुसार कैलाली कञ्चनपुरका वडामा तयारी नपुगेका कारण वडा अधिवेशन हुन नसकेको हो भने बझाङमा बाढीपहिरोका कारण आवतजावतमा केही कठिनाइ हुँदा समस्या भएको हो ।

बझाङका केही पालिकामा वडा अधिवेशन भएको तर बाहिर नल्याइएको उनले बताए । उनका अनुसार बझाङमा १४ गते सबै वडामा वडा अधिवेशन सम्पन्न गरेर एकैपटक सार्वजनिक गरिनेछ ।

हाल बझाङका १६० र कैलालीका चार तथा कञ्चनपुरका १० वडामा एमालेको वडा अधिवेशन हुन नसकेको उनले बताए । सचिव रावलका अनुसार शुक्रबारसम्म नेकपा एमालेले सुदूरपश्चिममा बझाङबाहेकका आठ जिल्लाका ५६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । प्रदेशमम ७३४ वडा रहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १ : ५० बजे

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी