सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी « Khabarhub

सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिमका १७० वडामा एमालेको वडा अधिवेशन हुन बाँकी छ । बझाङ, कञ्चनपुर र कैलालीका केही वडामा वडा अधिवेशन हुन नसकेको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिव राजेन्द्र रावलले बताए ।

उनका अनुसार कैलाली कञ्चनपुरका वडामा तयारी नपुगेका कारण वडा अधिवेशन हुन नसकेको हो भने बझाङमा बाढीपहिरोका कारण आवतजावतमा केही कठिनाइ हुँदा समस्या भएको हो ।

बझाङका केही पालिकामा वडा अधिवेशन भएको तर बाहिर नल्याइएको उनले बताए । उनका अनुसार बझाङमा १४ गते सबै वडामा वडा अधिवेशन सम्पन्न गरेर एकैपटक सार्वजनिक गरिनेछ ।

हाल बझाङका १६० र कैलालीका चार तथा कञ्चनपुरका १० वडामा एमालेको वडा अधिवेशन हुन नसकेको उनले बताए । सचिव रावलका अनुसार शुक्रबारसम्म नेकपा एमालेले सुदूरपश्चिममा बझाङबाहेकका आठ जिल्लाका ५६४ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ । प्रदेशमम ७३४ वडा रहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १ : ५० बजे

सहजरुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर : कृषिमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सहज रुपमा मल

राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्न सांसद हमालको सुझाव

 काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत पारित

दाङ- लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक,

सरकारका सय दिनका उपलब्धीबारे संसद्लाई जानकारी

काठमाडौं–  सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका