इन्धनको मूल्यवृद्धिमा पुनर्विचार गर्न नेता सिंहको आग्रह | Khabarhub Khabarhub

इन्धनको मूल्यवृद्धिमा पुनर्विचार गर्न नेता सिंहको आग्रह


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा भएको इन्धनको मूल्य वृद्धिबाट कम आय भएका जनता नराम्ररी प्रभावित हुने बताउँदै त्यसमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन् ।

दीपावली, नेपाल सम्वत् र छठ पर्वका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–८ वडा इकाइ समितिले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल आयल निगमको व्यवस्थापनका सबै पक्षलाई सूक्ष्म विश्लेषण गरी उसले गरेका फजूल खर्च घटाउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिए ।

आजदेखि लागू हुनेगरी निगमले गरेको इन्धनको मूल्य वृद्धिको विरोध गर्दै नेता सिंहले निगमको व्यवस्थापनलाई चुस्त तुल्याउँदै उसले व्यहोर्नुपरेको नोक्सानी घटाउन सकिने प्रशस्त स्थान रहेको टिप्पणी गरे ।

देशलाई वेथितिबाट पार लगाउन नेपाली काङ्ग्रेसको नेतृत्वमा वर्तमान सरकार गठन भएको तर्क गर्दै उनले जनचाहनाअनुसार सरकारले काम गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘इन्धनको मूल्यवृद्धिले जनतालाई राहत होइन आहत पारेको छ।’

पटक–पटक पार्टीको १४ औँ महाधिवेशनको तिथि सारिएकामा रोष प्रकट गर्दै नेता सिंहले पछिल्लो समयमा घोषित मितिमा नै महाधिवेशन सम्पन्न गर्नैपर्नेमा जोड दिए । विधि र पद्धतिअनुसार पार्टी सञ्चालन नभएकामा चिन्ता व्यक्त गर्दै उनले ‘व्यक्ति होइन विचार’लाई मानेर अघि बढ्न पार्टी कार्यकर्तालाई आग्रह गरे ।

इकाइ सभापति आशमान सङ्गतले तल्लो तहदेखि नै इमानदार नेतालाई नेतृत्वमा पुर्‍याउनु समयको माग भएको विचार व्यक्त गर्दै पार्टीको छविमा आँच आउने गतिविधि नगर्न तथा राष्ट्र, राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि पार्टीपङ्ति एकढिक्का हुनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ३ : ३३ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको