लण्डनमा के गर्दैछन् प्रधानमन्त्री देउवा ? « Khabarhub

लण्डनमा के गर्दैछन् प्रधानमन्त्री देउवा ?


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रसंघीय जलवायु सम्मेलन संरचना महासन्धी (कोप २६) अन्तर्गत नोभेम्बर १ र २ मा स्कटल्यान्डको ग्लास्गोमा हुने विश्व नेताहरुको सम्मेलनमा भाग लिन प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार लण्डन आइपुगेका छन् ।

लण्ड हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका देउवालाई स्वागत गर्न सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललले स्वागत गरे ।

आजै शनिवार प्रधानमन्त्रीले सर्वदलिय संसदीय समूह र नेपाल बेलायत व्यापार तथा लगानी मंचले लन्डनमा आयोजना गर्ने कार्यक्रममा भाग लिने छन् ।

देउवाले बेलायत नेपाली समाज, गैरआवासीय नेपाली संघ र नेपाली समुदायका प्रतिनिधिसँग भेट्ने कार्यक्रम छ । जनससम्पर्क समिति बेलायतका सभापति युवराज गुरूङकाअनुसार उनले आजै नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई सम्बोधन गर्ने छन् ।

उनले भोलि आइतवार तारिख नेपाली डायस्पोरा र बेलायती संसदका ब्रिटिस गोर्खा संस्थाका प्रतिनिधिलाई पनि भेट्ने कार्यक्रम छ ।

१ नोभेम्बरमा प्रधानमन्त्री देउवा कोप २६ सम्मेलनमा भाग लिनेछन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ३ : ०० बजे

राइडरको बाइकमा ‘ह्विल लक’, नगर प्रहरीसँग भनाभन भएपछि आत्मदाहको प्रयास

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गर्ने व्यक्तिको पहिचान खुलेको

नेकपाका ६ नेता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा