संसदीय व्यवस्था असफल : विप्लव | Khabarhub Khabarhub

संसदीय व्यवस्था असफल : विप्लव


१३ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय व्यवस्था असफल भैसकेको बताएका छन् । युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको शनिबार दाङको घोराहीमा उद्घाटन गर्दै महासचिव विप्लवले संसदीय व्यवस्थाले जनताको अधिकार स्थापित गर्नेभन्दा खोस्ने र नेताहरू मात्रै मोटाउने काम भएको भन्दै यसको औचित्य सकिएको दाबी गरे ।

अबको व्यवस्था जनमत संग्रहबाट अघि बढ्नुपर्ने उनको धारणा थियो । त्यसो अवस्था आए आफूहरू चुनावमा जानेसमेत उनले बताए । राज्य सत्ता अहिले संकटपूर्ण अवस्थामा रहेको भन्दै विप्लवले न्यायलयमासमेत प्रश्न उठ्नु दुर्भाग्यपूर्ण भएको बताए ।

नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र सत्तामा पुगे पनि सत्ता र अधिकार जनतामा फर्काउन नचाहेको दाबी उनको छ ।

भ्रष्टाचार, ढिलासुस्ती, घुसखोरीमा सबै लिप्त भएको तर जनताको अधिकार र न्याय स्थापितमा ध्यान नदिँदा अहिलेको व्यवस्थामाथि प्रश्न गर्नुपर्ने बाध्यता आइपरेको उल्लेख गरे । नेता विप्लवले अमेरिकी सहयोग एमसीसी सहयोग लिन सकिने तर निस्वार्थ हुनुपर्ने बताए ।

साथै महासचिव विप्लवले सरकारसँग भएका सम्झौताको कार्यान्वयन हुन नसकेको प्रति आक्रोशसमेत व्यक्त गरे । तत्काल सहमती कार्यान्वयन गरेर इमान्दारिता देखाउने समेत सरकारलाई आग्रह गरे ।

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ८ : १५ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको