श्रममन्त्री स्वदेश फिर्ता, युएई भ्रमण सफल रहेको दाबी « Khabarhub

श्रममन्त्री स्वदेश फिर्ता, युएई भ्रमण सफल रहेको दाबी


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले छैटौं श्रममन्त्रीस्तरीय ‘अबुधाबी डाइलग’ मा भागलिने सिलसिलामा भएको आफ्नो संयुक्त अरब इमिरेट्स (युएई )भ्रमण मुलुकका निम्ति फलदायी रहेको बताएका छन् ।

यही कात्तिक ८ देखि १२ गतेसम्म दुबइमा भएको उक्त डाइलगमा सहभागी भएर शनिबार राति स्वदेश फर्केका उनले नेपाली श्रमिकहरूको हित र सुरक्षाबारे आफूले विशेष रुपमा नेपालको अवधारणा प्रस्तुत गरेको जानकारी दिए ।

कोरोना महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न रोजगारी दिने देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निःशुल्क आवास र भोजनको व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम सञ्चालनका साथै आगमन तथा प्रस्थान विन्दुमा निःशुल्क पिसीआर परीक्षण, क्वारेन्टिइन तथा आइसोलेसन सेन्टरको व्यवस्था र उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरेको बताए ।

युएइमा रहँदा मन्त्री श्रेष्ठले त्यहाँका मानव संशाधनमन्त्री अव्दुल रहमान अव्दुलमानन अल अवारलाई भेटेर नेपाल–युएइ द्विपक्षीय बैठक आयोजना गर्ने, युएइ आउने नेपाली कामदार लक्षित सीपमूलक तालिम सञ्चालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार लिने तथा सामाजिक सुरक्षा योजना विस्तार गर्नेलगायका विषयमा छलफल गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ७ : ४३ बजे

सहजरुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर : कृषिमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सहज रुपमा मल

राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्न सांसद हमालको सुझाव

 काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत पारित

दाङ- लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक,

सरकारका सय दिनका उपलब्धीबारे संसद्लाई जानकारी

काठमाडौं–  सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका