उपमेयर कपमा आज तीन खेल : पहिलो खेलमा गैंडाकोट र तुलसीपुर भिड्ने | Khabarhub Khabarhub

उपमेयर कपमा आज तीन खेल : पहिलो खेलमा गैंडाकोट र तुलसीपुर भिड्ने


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज आइतबार तीन खेल हुँदैछ । नवलपरासीको गैंडाकोट र दाङको तुलसीपुर नगरपालिकाले समूह ‘एफ’मा विजेताको हैसियतका लागि आज पहिलो खेलमा बिहान ९ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतिस्पर्धा गर्नेछन् ।

समूहमा १-१ खेल जितेका गैंडाकोट र तुलसीपुर दुवैको खातामा समान तीन अंक छ । दुई खेलमा पराजय भोग्दै समूहको अर्को टोली हेटौंडा उपमहानगरपालिका प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

दोस्रो खेलमा समूह ‘जी’ अन्तर्गत कैलालीको गोदावरी नगरपालिका र वीरेन्द्रनगर नगरपालिकाबीच दिउसो १२ बजे प्रतिस्पर्धा हुनेछ । यस समूहबाट दुई खेलमा अंकविहीन रहेको पोखरा महानगरपालिका बाहिरिसकेको छ ।

यसैगरी आइतबारको अन्तिम खेल समूह ‘एच’ अन्तर्गत गोकर्णेश्वर नगरपालिका र धनकुटा नगरपालिकाबीच दिउँसो ३ बजे हुनेछ ।

गोकर्णेश्वरले पहिलो खेलमा धनगढी उपमहानगरपालिकासँग बराबरी खेलेको थियो । एक जित र एक बराबरी खेलेको धनगढी चार अंकसहित समूहको शीर्ष स्थानमा छ ।

अहिलेसम्म समूह ‘ए’ बाट झापाको कन्काइ नगरपालिका, समूह ‘बी’ बाट ललितपुर महानगरपालिका, समूह ‘सी’ बाट बर्दियाको बाँसगढी नगरपालिका र समूह ‘डी’ बाट झापाको शिवसताक्षी नगरपालिकाले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् ।

उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । उपमेयर कपको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन् । साथै फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ८ : २२ बजे

दीर्घरोगी, गर्भवती र स्तनपान गराउने आमालाई तीज व्रत नबस्न सुझाव

हरितालिका तीज विशेष गरी हिन्दु धर्म मान्ने महिलाले मनाउने एक

नेप्सेमा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर सूचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा छ्याङदी हाइड्रोपावरको हकप्रद शेयर

झापा इनर्जीको आइपीओ बाँडफाँड

काठमाडौं – झापा इनर्जी लिमिटेडको साधारण शेयर (आइपीओ) बाँडफाँड भएको

जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं– जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीका नाममा

प्रि-आइपीओको नाममा पैसा उठाउनेलाई कारबाही हुन्छ : धितोपत्र बोर्ड

काठमाडौं – सार्वजनिक निष्काशन नभएका कम्पनीको प्रि-आइपीओको नाममा ह्वाटएप, भाइवर,