उपमेयर कपमा आज तीन खेल : पहिलो खेलमा गैंडाकोट र तुलसीपुर भिड्ने « Khabarhub

उपमेयर कपमा आज तीन खेल : पहिलो खेलमा गैंडाकोट र तुलसीपुर भिड्ने


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज आइतबार तीन खेल हुँदैछ । नवलपरासीको गैंडाकोट र दाङको तुलसीपुर नगरपालिकाले समूह ‘एफ’मा विजेताको हैसियतका लागि आज पहिलो खेलमा बिहान ९ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा प्रतिस्पर्धा गर्नेछन् ।

समूहमा १-१ खेल जितेका गैंडाकोट र तुलसीपुर दुवैको खातामा समान तीन अंक छ । दुई खेलमा पराजय भोग्दै समूहको अर्को टोली हेटौंडा उपमहानगरपालिका प्रतियोगिताबाट बाहिरिइसकेको छ ।

दोस्रो खेलमा समूह ‘जी’ अन्तर्गत कैलालीको गोदावरी नगरपालिका र वीरेन्द्रनगर नगरपालिकाबीच दिउसो १२ बजे प्रतिस्पर्धा हुनेछ । यस समूहबाट दुई खेलमा अंकविहीन रहेको पोखरा महानगरपालिका बाहिरिसकेको छ ।

यसैगरी आइतबारको अन्तिम खेल समूह ‘एच’ अन्तर्गत गोकर्णेश्वर नगरपालिका र धनकुटा नगरपालिकाबीच दिउँसो ३ बजे हुनेछ ।

गोकर्णेश्वरले पहिलो खेलमा धनगढी उपमहानगरपालिकासँग बराबरी खेलेको थियो । एक जित र एक बराबरी खेलेको धनगढी चार अंकसहित समूहको शीर्ष स्थानमा छ ।

अहिलेसम्म समूह ‘ए’ बाट झापाको कन्काइ नगरपालिका, समूह ‘बी’ बाट ललितपुर महानगरपालिका, समूह ‘सी’ बाट बर्दियाको बाँसगढी नगरपालिका र समूह ‘डी’ बाट झापाको शिवसताक्षी नगरपालिकाले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् ।

उपमेयर कपको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । उपमेयर कपको विजेताले पाँच लाख रुपैयाँ र उपविजेताले तीन लाख रुपैयाँ पाउनेछन् । साथै फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ८ : २२ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा