नेपाल प्रवेश गर्ने भारतीयले आजदेखि अनिवार्य परिचयपत्र देखाउनुपर्ने « Khabarhub

नेपाल प्रवेश गर्ने भारतीयले आजदेखि अनिवार्य परिचयपत्र देखाउनुपर्ने


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि सीमामा कडाइ सुरु भएको छ ।

नेपाल सरकारको अनुरोधबमोजिम भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई सीमामा कडाइ गरिएको भारतीय समाचार संस्था आजतकले जनाएको छ ।

नेपाल र भारतबीचको खुला सिमानाको फाईदा उठाइ अफगानिस्तान, पाकिस्तान, बंगलादेशलगायत तेस्रो देशका नागरिक अबैध ढंगले नेपाल प्रवेश गर्न थालेपछि सीमामा कडाइ गरिएको हो । केही दिनअघि भारतको बाटो हुँदै ११ अफगानी नेपाल प्रवेश गरेका थिए ।

नयाँ व्यवस्थाअनुसार नेपाल आउने भारतीयले सीमा प्रवेश गर्नुअघि नागरिकता, भारतीय आधार कार्ड, चालक अनुमतिपत्र र शैक्षिक परिचयपत्रमध्ये एउटा अनिवार्य देखाउनु पर्छ । अतिवाद नियन्त्रण तथा गैरकानूनी ढंगले नेपाल भित्रिने नागरिकलाई रोक्न परिचय पत्र अनिवार्य गरिएको भारतको सीमा सुरक्षा बलले जनाएको छ ।

यसअघि शनिवार गृहमन्त्री बालकृष्ण खाँडले एक आदेशमा हस्ताक्षर गर्दै नेपाल प्रवेश गर्ने भारतीयमाथि कडाइ गर्न भारतसँग अनुरोध गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  २ : ३७ बजे

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका