आर्यन खानको रिहाइमा रामगोपाल बर्माको मजाक « Khabarhub

आर्यन खानको रिहाइमा रामगोपाल बर्माको मजाक


१४ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड फिल्म निर्देशक तथा निर्माता रामगोपाल बर्माले शाहरुख खानका छोरा आर्यन खान ड्रग्स केसमा धरौटीमा छुटेको विषयलाई मजाकका रूपमा उडाएका छन् । उनले सामाजिक सञ्जालमार्फत आर्यनको मजाक उडाएका हुन् ।

‘हरेक बर्ष तिहारमा एकजना खानको फिल्म रिलिज हुँदै आएको थियो । यो वर्ष पनि एउटा खान रिलिज भएको छ,’ बर्माले ट्विटरमार्फत लेखेका छन् ।

‘सत्या’, ‘रंगीला’, ‘जंगल’, ‘प्यार तुने क्या किया’, ‘कम्पनी’, ‘रोड’, ‘सरकार राज’ जस्ता चर्चित फिल्मका निर्देशक तथा निर्माता वर्मा पछिल्लो समय भने सामाजिक सञ्जालमा अन्टसन्ट ट्विटर तथा स्टाटसका कारण चर्चा र विवादमा परिरहन्छन् । उनले विशेषगरी बलिउड स्टार, स्टारकिड तथा नेताहरूलाई व्यंग्य गर्ने गरेका छन् । यसपटक उनको निशानामा शाहरुखपुत्र आर्यन परे ।

आर्यन शनिबार बिहान जेलबाट रिहा भएर घर गएका थिए । त्यसपछि उनको रिहाइबारे बर्माले ट्विट गरेका हुन् । आफ्नो अभिव्यक्तिका कारण धेरै गाली खाने निर्देशकमा बर्मा पनि पर्छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ३ : २५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल