एमाले महाधिवेशनमा पाँच लाख सहभागी हुने « Khabarhub

एमाले महाधिवेशनमा पाँच लाख सहभागी हुने


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- नेकपा (एमाले) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले यहाँ गर्न लागिएको पार्टीको महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने बताएका छन् ।

आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले विभिन्न प्रदेशबाट नेता कार्यकर्ता आउने बताए । पाण्डेले महाधिवेशनमा गण्डकीबाट ५० हजार, लुम्बिनीबाट ७५ हजार, वाग्मतीबाट दुई लाख ५० हजार, प्रदेश नं १ बाट २५ हजार सहभागी हुने अनुमान गरिएको बताए ।

उनले भने, ‘हरेक जिल्लाबाट धेरै जनता सहभागी गराउने तयारी छ ।’ उद्घाटनसत्र हुने नारायणी नदी किनारमा रहेका खाल्डाखुल्डी पुरेर व्यवस्थापन गर्न लागिएको उनको भनाइ थियो । उद्घाटन सत्रपछि बन्द सत्र सौराहामा गरिने जानकारी दिए । सौराहामा करिब तीन हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।

आजै महाधिवेशन मूलसमितिको सम्पर्क कार्यालय एमाले चितवनको पार्टी कार्यालयमा स्थापना गरी महाधिवेशन तयारी तीव्र पारिने उनले जानकारी दिए । उनले यसपालिको महाधिवेशन सहमतिमा हुने र केही पदमा मात्रै चुनाव हुनसक्ने बताए । महाधिवेशमा दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् ।

नेता पाण्डेले महाधिवेशन कुनै दल र नेताप्रति लक्षित गरेर नगरिएको दाबी गरे । बुटवलमा हुने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो । महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुँदैछ ।

 

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  २ : ३० बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट