कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउँछन् : नेता सिंह « Khabarhub

कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउँछन् : नेता सिंह


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कमजोर बन्दा जनताले दुःख पाउने बताएका छन् ।

नेपाली कांग्रेस चितवन जिल्ला कार्यसमितिले सोमबार चितवनमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रममा उनले कांग्रेस कमजोर बन्दा देश र जनता दुवैले दुःख पाउने बताएका हुन् । कम्युनिष्टले गर्न नसकेको काम कांग्रेसले गरेको भए पनि कांग्रेसलाई कमजोर बनाउने काम भएको हुँदा आम जनताले दुःख पाउनुपरेको उनको भनाइ थियो । उनले भने, “संविधान जारी गर्ने, शान्ति सम्झौता गर्ने लगायतका महत्वपूर्ण काम कांग्रेसको नेतृत्वमा भएको छ, तर भोट माग्न जाँदा समस्या आउँछ ।”

उनले १४ औं महाधिवेशनमा समयको माग, जनताको मर्म र संविधानको रक्षा गर्ने नेतृत्व छनोट गर्नुपर्ने बताए । पार्टीलाई विधान अनुसार चलाउनु र जनताको भावना बुझ्न सकेमा मात्रै पार्टीलाई कसैले पछि पार्न नसक्ने उनले जिकिर गरे । आगामी आम निर्वाचनमा पार्टीले आफ्नो तागतले एक्लै निर्वाचनमा जानुको विकल्प नरहेको उनको भनाइ थियो ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले आम निर्वाचनमा गठबन्धन विना निर्वाचन लड्ने तयारीमा लाग्नुपर्ने बताइन् । उनले भनिन्, “चैतमा स्थानीय तहको निर्वाचन हुँदैछ, अहिलेको गठबन्धन सरकार सञ्चालनका लागि हो, निर्वाचनका लागि होईन ।”

आउँदो निर्वाचनमा पार्टीले जिल्लाका सबै तहमा जीत हासिल गर्नुपर्ने उनको भनाइ थियो । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस धादिङ्का सभापति रमेश धमला, चिवतनका उपसभापति कैलाश कोइराला, क्षेत्रीय प्रतिनिधि सुशिला ढुङ्गानालगायतले पार्टी सङ्गठन बलियो बनाउनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ६ : ३९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको