आज टी-२० विश्वकपमा दुई खेल, पाकिस्तानको दाउ सेमिफाइनल « Khabarhub

आज टी-२० विश्वकपमा दुई खेल, पाकिस्तानको दाउ सेमिफाइनल


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टी-२० क्रिकेट विश्वकपमा मंगलबार दुई खेल हुँदैछ । पहिलो खेलमा बंगलादेश र  दक्षिण अफ्रिका भिड्नेछन् । खेल दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

दुवै टोली सेमिफाइनल यात्रा सहज बनाउने दाउमा छन्। समूह-१ बाट इंग्ल्यान्डले सेमिफाइनलमा स्थान बनाइसकेको छ । त्यसैले दुवै टोलीलाई जित अनिवार्य छ ।

समूह-१ मा इंग्ल्यान्ड  शीर्ष स्थानमा छ भने दक्षिण अफ्रिका र अष्ट्रेलिया क्रमश: दोस्रो र तेस्रो स्थानमा  छन्  । यता, श्रीलंका र वेस्ट इन्डिज क्रमश: चौथो र पाँचौँमा रहँदा बंगलादेश पुछारमा छ ।

मंगलबारको दोस्रो खेलमा समूह-२ मा रहेका पाकिस्तान र नामिवियाबीच प्रतिस्पर्धा हुनेछ । खेल अबुधावीमा राति पौने आठ बजे सुरु हुनेछ । पाकिस्तान लगातार चार खेल जित्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने दाउमा हुनेछ । पाकिस्तानले अघिल्ला तीन खेलमा भारत, न्युजिल्यान्ड र अफगानिस्तानलाई हराएको थियो ।

नामिविया भने दोस्रो जितको खोजिमा हुनेछ । नामिवियाको दुई खेलबाट एक जितसहित २ अंक छ  ।  समूह-२  मा पाकिस्तान ६ अंकसहित शीर्षस्थानमा हुँदा चार अंकसहित अफगानिस्तान दोस्रो, समान दुई अंकसहित न्युजिल्यान्ड र नामिविया  क्रमशः तेस्रो र चौथो स्थानमा छन् । लगातार दुई खेलमा पराजय भोगेको भारत र स्कटल्यान्डले अंक जोड्न सकेका छैनन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १२ : ४९ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि