प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच ग्लास्गोमा भेटवार्ता « Khabarhub

प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच ग्लास्गोमा भेटवार्ता

जलवायु परिवर्तन र कोरोना भाइरसले पारेको असरबारे छलफल


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज स्कटल्यान्डमा द्धिपक्षीय भेटवार्ता भएको छ ।

राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२६) मा भएको साइडलाइन वार्तामा जलवायु परिवर्तन र कोरोना भाइरसको महामारीको असर कम गर्ने तथा महामारीपछिको पुनर्उत्थानमा दुबै देश मिलेर अघि बढ्नेबारे छलफल भएको भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जनाएका छन् ।

भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री देउवासहित परराष्ट्र सचिव भरतराज पौड्याल तथा भारतको तर्फबाट मोदीसहित विदेशमन्त्री एस जयंशकर सहभागी थिए ।

देउवा र मोदीबीच सोमबार बेलुका पनि विश्व नेताहरुको सम्मेलनको दौरानमा अनौपचारिक भेटवार्ता भएको थियो । सो क्रममा हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरविरुद्ध मिलेर लड्नेबारे छलफल भएको देउवाले ट्वीटमार्फत जनाएका थिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ४ : ४० बजे

राष्ट्रपति पौडेलबाट सीता जयन्तीको शुभकामना

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई

देव गुरूङलाई प्रश्न : संविधान संशोधन बहसपत्र कार्यदलले के गर्दैछ ?

काठमाडौं- सरकारले गठन गरेको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’

कायरोमा नेपाल–इजिप्ट मैत्री दौड

काठमाडौँ– सगरमाथा दिवस र अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा कायरोमा शुक्रबार

हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्रलाई भने- ‘जनतालाई धेरै दुःख नदिनु’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभाका सांसद हर्कराज राई

थापाथलीको सुकुमबासी बस्तीमा चल्यो डोजर (तस्बिर)

काठमाडौँ– सरकारले काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्तीमा डोजर चलाइएको छ ।