तिहारमा लोडसेडिङ नहुने « Khabarhub

तिहारमा लोडसेडिङ नहुने


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था नआउने जनाएको छ ।

प्राधिकरणले यो वर्ष तिहारको लक्ष्मी पूजाको दिन विद्युतको उच्च माग १५ सय मेगावाट हाराहारीमा रहने प्रक्षेपण गर्दै लोडसेडिङ अथवा बत्ती काट्नुपर्ने अवस्था नआउने जनाएको जनाएको हो । मंगलबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारमा जति उपकरण चलाए पनि समस्या नहुने बताए ।

लक्ष्मी पूजाको दिन बढी विद्युत खपत हुने उद्योग धन्दा, कलकारखाना बन्द हुने हुँदा कुलेखानी जलाशयलाई भार नदिइकनै उच्च माग व्यवस्थापन गर्न सकिने उनले बताए । उनले अहिले प्रसारण प्रणालीमा जडित क्षमता २ हजार मेगावाटमाथि रहेको र आन्तरिक उत्पादनले नै माग व्यवस्थापन गर्न सकिने जनाए ।

उनले अहिले मिटरको सामान, ट्रान्फरमर, तार लगाएतका बस्तुको अभाव भएका कारण थप विद्युतीकरणका साथै मागेकै समयमा मिटर उपलव्ध गराउन नसकिएको बताए ।

त्यस्तै उनले वितरण प्रणालीको सुधारका लागि चाँडै ३ हजार नयाँ ट्रान्सफर्मर खरिद गर्न लागिएको जानकारी दिए । प्राधिकरणले दुधकोशीलाई अघि बढाइसकेको, अपर अरुण पनि अघि बढाउने लगायतका आयोजना बढाउने क्रममा रहेको उनले जानकारी दिए ।

उनले विद्युतको हिउँदको माग व्यवस्थापन गर्न जलाशय र अर्धजलाशय जलविद्युत आयोजनाको सन्तुलन मिलाउन आवश्यक रहेको र प्राधिकरण त्यसैमा केन्द्रीत रहेको पनि धारणा राखे ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ५ : ३२ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन