राप्रपाको नेतृत्व लिन राजेन्द्र लिङ्देन तयार | Khabarhub Khabarhub

राप्रपाको नेतृत्व लिन राजेन्द्र लिङ्देन तयार


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वका विषयमा नेताहरू बोल्न थालेका छन् । राप्रपाको केन्द्रीय महाधिवेशन ११–१३ मंसिरमा काठमाडौँमा हुनेछ ।

महाधिवेशन लक्षित नेताहरूको भेटघाट र भेला हुन थालेका छन् । मंगलबार काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य, उपत्यकाका स्थानीय तह, प्रदेशसभा, प्रतिनिधि सभा निर्वाचन क्षेत्रका अध्यक्ष र अगुवा कार्यकर्ताको भेला भएको थियो ।

विशेषगरी सो भेलाले अध्यक्षत्रय पशुपतिशमशेर जबरा, कमल थापा र डा प्रकाशचन्द्र लोहनीलाई अभिभावकको रूपमा रहेर नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएको छ ।

सो भेलालाई सम्बोधन गर्ने क्रममा राजेन्द्र लिङ्देन र डा धवल शमशेर राणाले राप्रपा बचाउन र नवीन राप्रपा निर्माण गर्न नयाँ नेतृत्वको आवश्यक रहेको बताए । राप्रपाको आगामी नेतृत्व लिन आफू तयार रहेको लिङ्देनको उद्घोष छ ।

राप्रपा र देशको राष्ट्रवादी आन्दोलनलाई नयाँ शिराबाट उठाउन आगामी महाधिवेशन मै नेतृत्व परिवर्तन अपरिहार्य रहेको लिङ्देनको भनाइ छ ।

एकतापछि पार्टीले गति लिने अपेक्षामाथि वर्तमान नेतृत्वको कारणबाट तुषारापात भएको भन्दै लिङ्देनले पार्टीको एजेन्डाको रक्षा गर्न महाधिवेशन प्रतिनिधि र शुभेच्छुकले विवेक प्रयोग गरेर नेतृत्व चयन गर्नुपर्ने बताए ।

डा धवलशमशेर राणाले जनताले खोजेको वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता पूरा गर्न यथास्थितिको निरन्तरताभन्दा नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ५ : ४८ बजे

स्ववियु निर्वाचन चैत ५ गते हुने

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को

हुलाकी राजमार्ग छिट्टै सम्पन्न हुन्छ : मन्त्री दाहाल

नेपालगञ्ज – भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले निर्माणाधीन हुलाकी

आजका समाचार : संसद्‍को हिउँदे अधिवेशन सुरु हुने, छविलाल जोशी धरौटीमा छुटे र अमेरिकासँग सहकार्य गर्न चीन तयार

माघ १८ गते संसद्‍को हिउँदे अधिवेशन बोलाउन सिफारिसप्रतिपक्षी दलहरूको विरोधको

इन्स्टाग्राममा नयाँ फिचर्स, ३ मिनेटको रिल्समा इडिट सुविधा 

काठमाडौं – सामाजिक सञ्जाल इन्स्टाग्रामले आफ्ना प्रयोगकर्ताका लागि धेरै नयाँ

धौवादी फलाम उद्योग सञ्चालन प्रक्रिया छिटो अघि बढाउनुपर्छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धौवादी फलाम उद्योग