महिला उद्यमीलाई प्रोत्साहन गर्न बेलायत तयार रहेको बेलायती राजदूतको भनाइ « Khabarhub

महिला उद्यमीलाई प्रोत्साहन गर्न बेलायत तयार रहेको बेलायती राजदूतको भनाइ


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँस्थित बेलायती राजदूत निकोला पोलिटले नेपाली महिला उद्यमीहरुलाई सहयोग गर्न तयार रहेको बताएकी छन् ।

नेपाल उद्योग परिसंघको वुमन लिडरसिप फोरमले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले फोरमसँग मिलेर महिला उद्यम विकासमा सहयोग गर्न तयार रहेको बताइन् ।

उनले महिला उद्यमीका विभिन्न समस्या रहेको भन्दै ति समस्यासँग लड्न बेलायतले सहयोग गर्ने बताइन् । बेलायतले निजी क्षेत्रसँग सहकार्य गर्न चाहेको उनको भनाइ थियो ।

उनले महिला उद्यमीलाई बेलायतमा पनि समस्या रहेको भन्दै आर्थिक निर्णयमा पहुँच महिला उद्यमीको समस्या रहेको बताइन् । कोरोना महामारीका कारण महिला उद्यमीले संसारभर समस्या भोग्नुपरेको उनको भनाइ थियो । उनले महिलालाई अगाडि बढाए समग्र विकासमा टेवा पुग्ने बताइन् ।

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले पनि महिला उद्यमीका समस्याबारे प्रकाश पारेका थिए । उनले आर्थिक स्रोतमा पहुँच र परिवारबाट महिला उद्यमीलाई त्यति सहयोग नहुने गरेको बताए ।

कार्यक्रममा फोरमकी अध्यक्ष छाया शर्माले गरिवी निवारणका लागि महिला सशक्तीकरण अनिवार्य भएको बताइन् । उनले उद्योग परिसंघले महिला उद्यमीहरुलाई सशक्तीकरण गर्न सहयोग गरिरहेको जानकारी दिइन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  ८ : ०० बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको