गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा २९ लाख बढीको कारोबार | Khabarhub Khabarhub

गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा २९ लाख बढीको कारोबार


१६ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गोदावरी पुष्प प्रदर्शनीमा लक्ष्यभन्दा रु २९ लाख बढी कारोबार भएको छ । ललितपुरमा शुक्रबार सुरु भएको १४ औँ गोदावरी पुष्प प्रदर्शनीमा लक्षित रु ५० लाखभन्दा बढी आर्थिक कारोबार भएको हो ।

गत वर्ष कोरोना महामारीका कारण उक्त प्रदर्शनी हुन सकेको थिएन । फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यस वर्ष कारोनाको महामारी पूर्णरूपमा नहटेका कारण रु ५० लाखको मात्रै कारोबार हुने आशा गरिए पनि लक्ष्यभन्दा निकै बढी कारोबार भएको छ ।

गत शुक्रबादेखि चार दिनसम्म रहेको प्रदर्शनीमा ३७ हजार अवलोकनकर्ता सहभागी भएको बताइएको छ । मेलामा सबैभन्दा बढी ६० प्रतिशत गोदावरी फूल बिक्री भएको अध्यक्ष तामाङले जानकारी दिए । मेलामा ४४ स्टल र गोदावरी पुष्पसँगै, पुष्प खेती गर्दा आवश्यक पर्ने औजार, मललगायत सामग्री मेलामा राखिएको थियो ।

प्रदर्शनमा काठमाडौँ उपत्यकासहित चितवनका पुष्पखेती गर्ने व्यवसायीले ४०० प्रजातिका फूल बिक्री वितरणका लागि राखेका थिए । विगतको वर्षमा भन्दा यस वर्ष फूलको माग बढे पनि स्वदेशी उत्पादनको मात्रा बढ्न नसक्दा ५० हजारभन्दा बढी सयपत्री फूलको माला भारतबाट आयात गरिएको छ । आवश्यकताअनुसार आयात गरिने फूलमध्ये केही मंगलबार आइसकेको छ भने केही बुधबार ल्याउने तयारी रहेको छ ।

यस वर्षको तिहारमा १८ लाख ५० हजार मालाको माग छ । तीमध्ये १५ लाख ५० हजार सयपत्री र तीन लाख मखमली एवं गोदावरी फूलको माला छन् । माग बढी र अन्यत्रबाट गत वर्षभन्दा बढी फूल आयात गर्नुपर्ने भएकाले यस वर्ष मूल्यमा केही वृद्धि हुने बताइएको छ । एक मिटर सयपत्री फूलको मालाको मूल्य रु ६० देखि ७० सम्म पर्नेछ । यस वर्ष विगत दुई वर्षको तुलनामा बजारमा १५ प्रतिशत फूलको माग बढी छ ।

विशेषगरी तिहारका लागि सयपत्री र अन्य समयमा सजावटका लागि केही फूल भारतबाट आयात हुने गरेको छ ।

व्यावसायिकरूपमा ४५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । हाल यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्षरूपमा लाभ लिएका छन् । नेपालमा लगभग १५७ हेक्टर क्षेत्रफलमा ७०० व्यवसायीले यसको खेती गर्दै आएका छन् ।

फूलको मागमा आएको वृद्धिसँगै विशेषगरी काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी, पाल्पा, धादिङ, मोरङलगायत ४१ जिल्लामा ६७५ पुष्पखेती तथा नर्सरी विस्तार भइसकेको छ । नेपालमा विसं २००७ देखि सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाससँगै थप फस्टाउँदै गएको छ । रासस

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : ५७ बजे

नेपालको वित्तीय अवस्था सन्तोषजनक छ : गभर्नर अधिकारी

वासिङटन डिसी– नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालको वित्तीय

पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज

आज शनिबार, जीवनमा नयाँ ऊर्जा ल्याउन शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल कात्तिक १० गते शनिबार तदनुसार

आज २०८१ साल कात्तिक १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल कात्तिक १० गते शनिबार तदनुसार

‘नेपाल जलवायुका असरबाट बढी जोखिममा’

काठमाडौं – वातावरण क्षेत्रका विज्ञहरुले नेपाल जलवायु परिवर्तनको असरबाट बढी