रियलमीको नयाँ फ्लागसिप किलर जीटी सिरीज आउँदै « Khabarhub

रियलमीको नयाँ फ्लागसिप किलर जीटी सिरीज आउँदै


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरिज अन्तर्गत रियलमी ‘जीटी नियो २’ नेपाली बजारमा यही कात्तिक २४ गते ल्याउने भएको छ । यो फोन आकर्षक शुरुवाती मूल्यमा उपलब्ध हुने जनाएको छ ।

जीटी सिरिज रियलमीको फ्लागसिप सिरिज अन्तर्गत पर्छ । यसमा प्रविधिप्रेमीहरूको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रूपमा रहेको जनाइएको छ ।

रियलमीले जीटी सिरिजको फ्लागसिप व्यापक अनुभव गराउने मङ्गलबार जारी विज्ञप्तिमा जनाएको छ । चीनको बजारमा सफल मानिएको रियलमी जिटी नियो १० लाखभन्दा धेरै बिक्री भइसकेको पनि जनाइएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार रियलमी जीटी सिरीज को रियलमी जीटी नियो २ मा क्वालकम स्नापड्रागन ८ सिरीज मोबाइल प्लाटफर्म, अभूतपूर्व कुलिङ सिस्टम, अल्ट्रा–हाइ नमुना दर र शक्तिशाली ब्याट्री लाइफ रहेको छ ।

डिजाइन रियलमी जीटी सिरीजको महत्वपुर्ण पक्ष रहेको छ । रियलमी जीटी नियो २ उच्च प्रविधि र जीवन्नतताको अवधारणा प्रस्तुत गर्न आकर्षक रङ नियो ग्रीनमा उपलब्ध हुनेछ ।

रियलमीे विश्वको सन् २०१८ मा स्थापित सातौँ ठूलो स्मार्टफोन कम्पनी हो । सन् २०२१ को दोस्रो क्वाटर सम्ममा रियलमीले विश्वको ६१ वटा बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ ।

चीन, दक्षिणपूर्वी एसिया, युरोप, रुस, अष्ट्रेलिया, मध्य पूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरूमा १० करोड भन्दा बढी रियलमी को प्रयोगकर्ता रहेको जनाइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : ०१ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको