रियलमीको नयाँ फ्लागसिप किलर जीटी सिरीज आउँदै « Khabarhub

रियलमीको नयाँ फ्लागसिप किलर जीटी सिरीज आउँदै


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरिज अन्तर्गत रियलमी ‘जीटी नियो २’ नेपाली बजारमा यही कात्तिक २४ गते ल्याउने भएको छ । यो फोन आकर्षक शुरुवाती मूल्यमा उपलब्ध हुने जनाएको छ ।

जीटी सिरिज रियलमीको फ्लागसिप सिरिज अन्तर्गत पर्छ । यसमा प्रविधिप्रेमीहरूको लागि नवीन प्रविधि र आकर्षक डिजाइन विशेषताका रूपमा रहेको जनाइएको छ ।

रियलमीले जीटी सिरिजको फ्लागसिप व्यापक अनुभव गराउने मङ्गलबार जारी विज्ञप्तिमा जनाएको छ । चीनको बजारमा सफल मानिएको रियलमी जिटी नियो १० लाखभन्दा धेरै बिक्री भइसकेको पनि जनाइएको छ ।

विज्ञप्तिमा जनाइएअनुसार रियलमी जीटी सिरीज को रियलमी जीटी नियो २ मा क्वालकम स्नापड्रागन ८ सिरीज मोबाइल प्लाटफर्म, अभूतपूर्व कुलिङ सिस्टम, अल्ट्रा–हाइ नमुना दर र शक्तिशाली ब्याट्री लाइफ रहेको छ ।

डिजाइन रियलमी जीटी सिरीजको महत्वपुर्ण पक्ष रहेको छ । रियलमी जीटी नियो २ उच्च प्रविधि र जीवन्नतताको अवधारणा प्रस्तुत गर्न आकर्षक रङ नियो ग्रीनमा उपलब्ध हुनेछ ।

रियलमीे विश्वको सन् २०१८ मा स्थापित सातौँ ठूलो स्मार्टफोन कम्पनी हो । सन् २०२१ को दोस्रो क्वाटर सम्ममा रियलमीले विश्वको ६१ वटा बजारमा आफ्नो उपस्थिति जनाइसकेको छ ।

चीन, दक्षिणपूर्वी एसिया, युरोप, रुस, अष्ट्रेलिया, मध्य पूर्व, अफ्रिका र ल्याटिन अमेरिकी राष्ट्रहरूमा १० करोड भन्दा बढी रियलमी को प्रयोगकर्ता रहेको जनाइएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ८ : ०१ बजे

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ

भारतको विश्वकप टिममा किन परेनन् शुभमन् गिल ?

काठमाडौं – आगामी आइसिसी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा

आजको मौसम : पश्चिमी वायुको प्रभाव, तराई क्षेत्रमा हुस्सु

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल