कोप २६ मा मोदीले भने- भारतले २०७० सम्म ‘नेट जिरो’ लक्ष्य हासिल गर्नेछ « Khabarhub

कोप २६ मा मोदीले भने- भारतले २०७० सम्म ‘नेट जिरो’ लक्ष्य हासिल गर्नेछ


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्दे मोदीले भारतले सन् २०७० सम्म नेट जिरो लक्ष्य हासिल गर्ने बताएका छन् ।

स्कटल्यान्डको ग्लासगोमा भएको जलवायु परिवर्ननसम्बन्धी शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०७० सम्म भारतले नेट जिरो लक्ष्य हासिल गर्ने बताएका हुन् ।

यसअघि नेट जिरोको विषयलाई सम्भव नदेखेको भए पनि प्रधानमन्त्री मोदीले नेट जिरो लक्ष्य हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको भन्दै भारतीय वातावरणविद्हरुले खुसी व्यक्त गरेका छन् । उनीहरुले भारतले पहिलो पटक नेट जिरोको कुरा गरेको भन्दै खुसी व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री मोदीले भारतसँग यस चुनौतीको सामना गर्नका लागि पाँच अमृत तत्व राख्न चाहेको बताएका छन् ।

उनले पहिलो सन् २०३० सम्म जीवाश्मरहित उर्जा क्षमता बढाएर ५०० मेगावाट पुर्याउने, दोस्रो सन् २०३० सम्म ५० प्रतिशत उर्जा आवश्यकता नवीकरणीय उर्जा स्रोतबाट पूरा गर्ने, तेस्रो सन् २०३० सम्म कूल प्रोजेक्टेड कार्बन उत्सर्जन एक अरब टन कम गर्ने, चौथो सन् २०३० सम्म भारतले आफ्नो अर्थव्यवस्थालाई कार्बन इन्टेनसिटीको ४५ प्रतिशतभन्दा कम गर्ने र पाँचौं २०७० सम्म भारतले नेट जिरो लक्ष्य हासिल गर्ने बताएका छन् ।

विश्वको तेस्रो ठूलो कार्बन उत्सर्जन गर्ने मुलुक भारतले गरेको उक्त प्रतिबद्धतालाई ठूलो उपलब्धीको रुपमा हेरिएको छ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  २ : ४६ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि