एमालेको महाधिवेशन : विधान महाधिवेशनले पारित गरेको प्रतिवेदन टेबुल हुने « Khabarhub

एमालेको महाधिवेशन : विधान महाधिवेशनले पारित गरेको प्रतिवेदन टेबुल हुने


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमालेको विधान महाधिवेशनले पारित गरेको प्रतिवेदन आगामी पार्टीको १०औँ महाधिवेशनमा जानकारीका लागि मात्र पेस गरिने भएको छ ।

पार्टीको १०औँ महाधिवेशनका विषयमा जानकारी दिन बुधबार केन्द्रीय प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा विभाग प्रमुख योगेश भट्टराईले विधान महाधिवेशनले पारित गरेका दस्तावेजलाई १०औँ महाधिवेशनमा जानकारीका लागि टेबुल गरिने जानकारी दिएका हुन् ।

महाधिवेशन सम्पन्न गर्न विभिन्न समिति गठन गरेको एमालेले चिवतनमै महाधिवेशन गर्ने फेरि दोहोर्‍याएर जानकारी दिएको छ ।

उक्त महाधिवेशनमा विभिन्न राजनीतिक दलका प्रतिनिधिदेखि कूटनीतिक नियोगका प्रतिनिधिलाई पनि आमन्त्रण गरिने जानकारी दिइएको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा करिब पाँच लाख जना सहभागी हुने प्रमुख भट्टराईले जानकारी दिए । उनका अनुसार निर्वाचनमार्फत नै नेतृत्व चयन गरिनेछ ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ३ : १८ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि