उत्तर प्रदेशमा कांग्रेसलाई धक्का लाग्ने संकेत « Khabarhub

उत्तर प्रदेशमा कांग्रेसलाई धक्का लाग्ने संकेत


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


लखनउ– भारतीय आम निर्वाचनमा सबैभन्दा महत्वपूर्ण राज्य उत्तर प्रदेशमा कांग्रेस पार्टीलाई नराम्रो धक्का लाग्ने देखिएको छ ।

निर्वाचनको मतगणना जारी रहँदा कांग्रेस पार्टीका दुई सबैभन्दा महत्वपूर्ण नेताहरु पार्टी प्रमुख राहुल गान्धी मतगणनामा निकै पछि परेको तथा अर्की प्रभावशाली नेतृ एवं कांग्रेस पार्टीकी पूर्व प्रमुख सोनिया गान्धीको अग्रता निकै नै कम रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उत्तर प्रदेशको अमेठीमा राहुल गान्धी भारतीय जनता पार्टी भाजपाकी नेतृ स्मृति इरानभन्दा पछि परेको जनाइएको छ ।

राहुल गान्धीले २८ हजार ३ सय ७७ तथा इरानीले ३४ हजार ६ सय ६७ मत प्राप्त गरेका छन् ।

त्यस्तै, राय बरेली निर्वाचन क्षेत्रमा पनि सोनिया गान्धीको अग्रता कम हुँदै गएको जनाइएको छ ।

यद्यपि दक्षिण भारतको केरलास्थित वायनाडमा भने राहुल गान्धीको अग्रता निकै नै धेरै रहेकाले उनको लोकसभामा प्रतिनिधित्व भने सुरक्षित नै देखिएको छ ।

अघिल्लो निर्वाचनमा कांग्रेसले उत्तर प्रदेशको अमेठी र रायबरेलीमा मात्र जितेको थियो ।

यसअघि अघिल्लो निर्वाचनमा अमेठीमा राहुल गान्धीले इरानीलाई १ लाख भन्दा धेरै मत अन्तरले पराजित गरेका थिए ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १२ : ५५ बजे

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा