भक्तपुरको एकै नगरमा आज ओली, प्रचण्ड र माधवदेखि प्रकाशमानसम्मको सम्बोधन « Khabarhub

भक्तपुरको एकै नगरमा आज ओली, प्रचण्ड र माधवदेखि प्रकाशमानसम्मको सम्बोधन


१८ कार्तिक २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा आज शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । आ-आफ्नो पार्टीको छुट्टा छुट्टै कार्यक्रमलाई नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको मध्यपुर थिमि नगर संगठन कमिटीले आयोजना गरेको शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रमलाई प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम बालकुमारी थिमिमा हुनेछ ।

त्यसैगरी नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिहंले पार्टीको मध्यपुर थिमि नगर कार्यसमितिले शुभ दिपावली, नेपाल सम्वत् ११४२ तथा छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम छ । कार्यक्रम विहान मध्यपुर थिमि-५  भुलांखेलमा हुनेछ ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपुर थिमिमै सम्बोधन गर्ने कार्यक्रम छ । मध्यपुर थिमि नगरपालिकाको ‘गन्तव्य मध्यपुर थिमि’ तस्बिर पुस्तक बिमोचन पनि गर्ने कार्यक्रम छ । कार्यक्रम मध्यपुर थिमि ४, निगुपुखमा १ बजे हुनेछ ।

यसैगरी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि थिमिमै सम्बोधन गर्ने कार्यक्रम छ । पार्टीको मध्यपुर थिमि नगर कमिटीको नेपाल संवत् ११४२ (नयाँ वर्ष) तथा शुभ दीपावलीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा नेपाल संवतका प्रवर्तक, राष्ट्रिय विभुती शंखधर साख्वा: को प्रतिमामा माल्यार्पण कार्यक्रममा सम्बवधन गर्नेछन् । कार्यक्रम शंखधरचोक, मध्यपुर थिमिमा दिउँसो साढे १ बजे हुनेछ ।

थिमिमा ओली र प्रचण्डको कार्यक्रम लगभग एकै समयमा परेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहीबार  ८ : ४८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको