जथाभावी नियमावली र निर्देशिका जारी नगर्नुहोस्– राष्ट्रिसभा अध्यक्ष | Khabarhub Khabarhub

जथाभावी नियमावली र निर्देशिका जारी नगर्नुहोस्– राष्ट्रिसभा अध्यक्ष


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र कानूनको मर्म विपरित नियमावली र निर्देशिका जारी नगर्न सरकारलाई सचेत गराएका छन् ।

अध्यक्ष तिमिल्सिनाले संविधानको मर्म विपरित सरकारले नियमावली र निर्देशिका जारी गरे/नगरेको कडा निगरानी गर्न पनि राष्ट्रिय सभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिलाई निर्देशन दिए ।

बिहीबार काठमाडौंमा आयोजित प्रत्यायोजित विधायनसम्बन्धि अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले संविधानको स्पिरिट अनुसार कानून र कानूनको परिधिभित्र रहेर नियमावली तथा निर्देशिका जारी गर्न पनि संघीय संसद र सरकार दुवैको गम्भिर ध्यानाकर्षण गराए ।

अध्यक्ष तिमिल्सिनाले संविधानको मर्म अनुसार कानून बनाउने कुरामै जटिलता आउन थालेको उल्लेख गर्दै सम्बन्धित पक्षलाई सावधानीपूर्वक कानून निर्माण गर्न सतर्क पनि गराए ।

कार्यक्रममा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले जथाभावी सरकारले नियमावली र निर्देशिका जारी गर्न थालेपछि त्यसलाई रोक्ने ठोस रणनीति तय गर्न समितिले विज्ञहरुसहितको अन्तरक्रिया कार्यक्रम आयोजना गर्नु परेको बताए ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  १ : २४ बजे

एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी

तीन दलका शीर्ष नेताबीचको छलफल सिंहदरबारमा

काठमाडौं– प्रमुख तीन दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

देशभर फैलियो मनसुन

काठमाडौं– यस वर्षको मनसुन प्रणाली आजदेखि देशभर फैलिएको छ ।

वालिङमा हल गोरु पाल्ने किसानलाई अनुदान, प्रतिहल कति ? 

वालिङ– स्याङ्जाको फेदीखोला गाउँपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहनका लागि अनुदान

‘सवारी दुर्घटनाबाट क्षति न्यूनीकरणमा सरकार संवेदनशील’

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सवारी दुर्घटनाबाट हुने