साप्ताहिक कारोबारको अन्तिम दिन शेयर बजारमा ५ अंकको गिरावट « Khabarhub

साप्ताहिक कारोबारको अन्तिम दिन शेयर बजारमा ५ अंकको गिरावट


९ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– साप्ताहिक कारोबारको अन्तिम दिन बिहीवार सेयर बजारको परिसुचक नेप्से ५.०८ अंकले घटेर १३१४.५५ विन्दुमा पुगेको छ ।
त्यस्तै क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स (परिसूचक) पनि ०.८९ अंकले घटेर २८०.३८ विन्दुमा पुगेको छ ।

बिहीबार शेयर बजारमा १ सय ७० कम्पनीको २९ लाख ४३ हजार ३ सय ४ कित्ता शेयर ९३ करोड २६ लाख ४४ हजार ८ सय ८७ रुपैयाँमा किनबेच भएको छ ।

नेप्सेमा बिहीबार १२ उप–समूहको कारोबार भएकोमा ७ उपसमूह घटेका छन् भने ५ उपसमूह बढेका छन् । उपसमूहको कारोबारमा बैंकिङ ०.९५, व्यापार ०.०८, बिकास बैंक ९.२, जलविद्युत ६४.७८, फाइनान्स ७.०५, उत्पादन ०.५, जीवन बिमा ४४.५३ अंकले ओरालो लाग्दा होटेल ३५.८३, निर्जीवन बिमा ३.७१, अन्य ०.९२, माइक्रो फाइनान्स १.७, अन्य ०.९२ र म्यूचुअल फण्ड ०.०२ अंकले बढेको छ ।

बिहीबार अपर तामाकोशी हाईड्रोले सबैभन्दा धेरै १५ करोड ५९ लाख ६४ हजार ४ सय ८४ रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

बिहीबारको बजारमा एएमबी माईक्रो फाईनान्स, मल्टीपर्पोज फाईनान्स, सिभिल लघुवित्त संस्था, समिट लघुवित्त संस्था, कंचन डेभलपमेन्ट बैंकले बढी नाफा कमाएका छन् । त्यसैगरी बढी गुमाउनेमा हिमालय उर्जा विकास कम्पनी, हिमालय पावर पार्टनर, गलेम्दी हाईड्रो, युनाईटेड मोदी हाईड्रो, श्री ईन्भेष्टमेन्ट फाईनान्स रहेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७६, बिहीबार  ४ : १४ बजे

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू

‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्य : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता