सम्बन्ध पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको तालिबानद्वारा स्वागत | Khabarhub Khabarhub

सम्बन्ध पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको तालिबानद्वारा स्वागत


२२ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- तालिबानका प्रवक्ता अहमदुल्लाह वासिकले तालिबानसँगको सम्बन्धको पुनर्मूल्याङ्कन गर्ने जर्मनीको निर्णयको स्वागत गरेका छन् ।

द्विपक्षीय सम्बन्ध पुनः सञ्चालन हुने आशा व्यक्त गरेका प्रवक्ताले काबुलमा जर्मन दूतावास पुनः खोल्ने र द्विपक्षीय सम्बन्ध नयाँ ढङ्गले अगाडि बढ्नेमा आफू आशावादी रहेको खामा प्रेसलाई बताएका छन् ।

अफगान जनताका लागि मानवीय सहायतामा पहुँच प्रदान गर्न बर्लिनले जर्मन कूटनीतिज्ञहरूलाई फिर्ता गर्ने र युद्धग्रस्त देशमा काम पुनः सुरु गर्नेबारे छलफल गरेको जनाइएको छ ।

अफगानिस्तानका लागि जर्मन क्याबिनेटका विशेष दूत, मार्कस पोट्जेलले आगामी दिनमा काबुलको भ्रमण गर्ने र तालिबानसँग देशमा जर्मन कूटनीतिज्ञहरूको काम पुनः सुरु गर्नेबारे छलफल हुने स्रोतले जानकारी दिएको छ ।

अगस्ट १५ मा तालिबानले काबुलमाथि कब्जा जमाएपछि, पोटजेल दोहामा बसोबास गर्दै आएका छन् र त्यहीँबाट उनले अफगानिस्तानको अवस्थाको अध्ययन गरिरहेको खामा प्रेसले जनाएको छ ।

 

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ९ : ४७ बजे

औषधिमा २५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने ट्रम्पको संकेत

एजेन्सी – संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातित औषधिजन्य

पानीपुरी र चटपटेका ठेला खोज्दै काठमाडौँ महानगर, बिक्री अनुगमन गर्ने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

लेक लागेर अन्नपूर्ण क्षेत्रमा गत वर्ष १८ पर्यटकको मृत्यु

गण्डकी : गत आवमा अन्नपूर्ण संरक्षण क्षेत्रका विभिन्न गन्तव्यमा १८

एमालेले विधान महाधिवेशनलाई राजनीतिक उत्सवका रूपमा मनाउँछ : महासचिव पोखरेल

काठमाडौँ : नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दोस्रो विधान