एमाले सुदूरपश्चिम बैठक वहिष्कार गर्दै रावलले भने- १० बुँदे विपरितका बैठक ‘अवैध’ « Khabarhub

एमाले सुदूरपश्चिम बैठक वहिष्कार गर्दै रावलले भने- १० बुँदे विपरितका बैठक ‘अवैध’


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको इन्चार्जको विषयमा बढेको विवाद अझ लम्बिने संकेत देखिएको छ ।

१० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन हुनुपर्ने मागसहित असन्तुष्ट रहेका उपाध्यक्ष भीम रावलले उक्त सहमति विपरितका सबै बैठक अवैध भएको जनाएका छन् ।

उनले आजको एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बष्हिकार गर्दै त्यसलाई अवैध र अमान्य भएको बताएका छन्।

मंगलबार बिहान ट्वीट गर्दै रावलले भनेका छन्, ‘आज हुने भनिएको कथित सु.प. (सुदूरपश्चिम) प्रदेश कमिटीको बैठक  १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ ।‘यो गुटबन्दीको नमुना हो । यो बैठक र यसका निर्णयहरू अवैध र अमान्य छन् । अपानि–१२ झापामा लागू हुने, सु.प.मा लागु नहुने किन? यहाँको भूमि बाह्य अतिक्रमणमा परेकोले हो कि ?’

१० सहमितमा साविकका एमालेका कमिटी तथा जिम्मेवारीहरु यथावत हुने भनिएकोमा सुदूरपश्चिम प्रदेशको इन्चार्ज खोसिएकोमा रावलले आपत्ती जनाउँदै आएका छन् ।

तत्कालीन नेकपा विभाजित भएर आएका माओवादी केन्द्रका नेता लेखराज भट्टलाई अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोकेपछि रावल असन्तुष्ट छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ९ : १५ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने