तालाबन्दीको चेतावनी दिँदै नेपाल बारलाई ज्ञापनपत्र | Khabarhub Khabarhub

तालाबन्दीको चेतावनी दिँदै नेपाल बारलाई ज्ञापनपत्र


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वतन्त्र राष्ट्रिय कानुन व्यावसायि अभियानले तालाबन्दीको चेतावनीसहित नेपाल बारलाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई बुझाएको ज्ञापनपत्रमा ३ दिने अल्टिमेटमसहित सबै समस्या समाधानको बाटो रोज्न आग्रह गरिएको छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘बहस रोक्ने र न्यायाधीशलाई प्रवेशमा रोक लगाउने कार्य बारले आन्दोलनका कार्यक्रममा समेटेको छ । त्यसलाई चाँडै फिर्ता लिइयोस् ।’

त्यस्तै बन्दी प्रत्यक्षीकरणको मुद्दा नहेर्नेगरि न्यायाधीशहरूले गरेको आन्दोलनमा बारले समर्थन गर्न नहुने माग गरिएको छ । प्रधान न्यायाधीशलाई राजीनामा दिन लगाएर वा दबाब दिएर मात्र सबै समस्या समाधान नहुने भन्दै उचित निकासको माग गर्दै ३ दिनको अल्टिमेटम दिइएको छ ।

ज्ञापनपत्र बुझ्दै नेपाल बारका अध्यक्ष श्रेष्ठले न्यायालय सुधारको मुख्य उदेश्यमा कानुन व्यावसायि कसैको असहमति नरहेको बताए । उनले बारले अहिलेसम्म नउठाएको कदम उठाउनुपरेको बताए । स्वतन्त्र राष्ट्रिय कानुन व्यावसायि अभियानको मागबारे पुनर्विचार गर्न आग्रह गर्दै श्रेष्ठले भने, ‘बारले जनबिरोधी काम गरेको छैन । तपाईंहरूले सर्वोच्चमा खaरदारी गर्नुपर्नेमा बारलाई चेतावनी दिनु उल्टो भयो कि ?’

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १ : ४१ बजे

सञ्चालनमा आयो ग्वार्को ओभरपास, सवारी जाम घट्ने

काठमाडौं– ललितपुरको ग्वार्कोमा ३९ महिना लगाएर निर्माण गरिएको ओभरपास शुक्रबारदेखि

‘माग्ने बुढा’ले एकै फिल्मबाट लिए ६१ लाख पारिश्रमिक !

काठमाडौं – अहिले अनमोल केसी र प्रदीप खड्काले लिने पारश्रिमकको

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ : डेपुटी गभर्नर मिश्र

काठमाडौं– नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले आर्थिक

अजयको ‘सन अफ सरदार २’ जुलाई २० बाट प्रदर्शनमा आउने

काठमाडौं– सन् २०१२ मा प्रदर्शनमा आएको बलिउड फिल्म ‘सन अफ

इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता

मस्को– क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै