कमेडियन विक्की अग्रवाललाई मातृशोक « Khabarhub

कमेडियन विक्की अग्रवाललाई मातृशोक


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन २’का फस्ट रनर अप विक्की अग्रवाललाई मातृशोक परेको छ । उनको आमा दुर्गा अग्रवालको सोमबार काठमाडौंमा निधन भएको हो ।

विक्कीको भनाई उदृत गर्दै पत्रकार प्रभात लामाले जनाए अनुसार उनको आमालाई मधुमेह र कम रक्तचापको समस्या थियो । उनी छोरालाई भेट्नकै लागि सिक्किमबाट भाइटीकाको अघिल्लो दिन काठमाडौं आइपुगेकी थिइन् ।

‘एक कार्यक्रमको लागि आयोजकसँग कुराकानी गर्न विक्कीजी आमालाई कोठामा छोडेर बाहिर निस्कनु भएको रहेछ’, प्रभातले भने, ‘फर्किएर आउँदा आमालाई बेहोस अवस्थामा देखेपछि मेडिकेयर अस्पतालमा लैजानुभएछ । त्यहाँ जाँदा डाक्टरले मृत घोषणा गरेका रहेछन् ।’

दुर्गाको निधनको खबर थाहा पाएपछि विक्कीका बुवा र दाजु सिक्किमबाट मंगलबार काठमाडौं आइपुगेका थिए । उनीहरुले दुर्गाको शवलाई दाहसंस्कार गर्न सिक्किम लिएर गएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : ४६ बजे

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला