माधव नेपालले पार्टी निकटका पत्रकारलाई भने– आचरण राम्रो बनाउनुहोस्, पाँचतारे होटल धाएर पिएको राम्रो मान्दिँन « Khabarhub

माधव नेपालले पार्टी निकटका पत्रकारलाई भने– आचरण राम्रो बनाउनुहोस्, पाँचतारे होटल धाएर पिएको राम्रो मान्दिँन


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीनिकट पत्रकारहरुलाई राम्रो आचरण राख्न निर्देशन दिएका छन् ।

आज पार्टीनिकट समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले भने,‘हामीसँग जोडिएका मिडिया कमरेडहरु राम्रो आचरण लिनुहोस, यो सुन्नु नपरोस, अस्ति म सर्लाही गएको थिएँ, मैले पार्टीका नेताहरुलाई भनेको थिएँ, मैले सूचना पाउने गरेको छु कि साँझ पर्न पाएको छैन, गमी महिनामा साँढे ७ बजे, जाडो महिनामा साँढे ५ बजे, अध्याँरो हुन पाएको छैन त्यसपछि होटलका कोठाहरु भरिभराउ हुन थाल्छन रे, अनि त्यहाँका पोखरीमा बोतल नै बोलतहरु देखिन्छन् रे, त्यसपछि त्यहाँ गिलास ठोकाठोक भैरहेको हुन्छ रे, अनि गरमागर्मी चर्काचर्की हुन्छ अरे, अनि फलानो गएर झगडा गरेर समस्या खडा गरिदिन्छ रे, यी पार्टीका नेताहरु को होलान म एउटा फोटा खिच्न चाहन्छु भनेर मलाई फोटो दिनुहोला भनेर मैले गोप्य रुपमा भनेको थिएँ, भागाभाग भएछ त्यहाँ ।’

उनले मिडियाकर्मीहरुको यस्तो बानी त पक्कै छैन होला भनेर विश्वास दिलाए । तर, उनले भने,‘तपाईँहरु पनि साँझ पर्ने बित्तिकै होटल, त्यो पनि पाँचतारे होटल त्यो पनि धाईधाईकन कसैले दिएर नखाईकन निन्द्रा नै नलाग्ने स्थिति त पक्कै पनि छैन होला, यो कुरा भएको थाहा पाएँ भने म राम्रो मान्दिनँ ।’

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  २ : ०४ बजे

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल

‘जेन-जीका नाममा मलाई ग्यास च्याम्बरमा हालेजस्तै जलाएर मार्न खोजियो’

काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनाको