अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारु नोटसहित ३ जना पक्राउ « Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारु नोटसहित ३ जना पक्राउ


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय रुपैयाँ (भारु) सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरु पाकिस्तानी नागरिक रहेका जनाइएको छ । नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले ३ जनालाई पक्राउ गरेको हो ।

उनीहरुले बोकेका २ वटा व्रिफकेस चेकजाँच गर्दा ठूलो परिमाणमा भारतीय नोट फेला परेका प्रहरीले जनाएको छ ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयका कर्मचारी र प्रहरीले बरामद भएको नोट गणना गरिरहेका छन् । बरामद भएको नोट नक्कली या सक्कली के हो भन्ने विषय पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु कतारको दोहाबाट काठमाडौं आएका हुन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १ : २१ बजे

वर्षा र पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध, बीपी र कान्ति लोकपथको यात्रामा रोक

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा सडक कटानका कारण देशका

सप्तकोशी कटानको दोहोरो त्रासमा चिलिया टापु, ६ सय परिवार उच्च जोखिममा

काठमाडौँ – सुनसरी र उदयपुरको सिमानामा पर्ने बराहक्षेत्र तथा बेलका

इन्फान्टिनोलाई हटाउने अभियानप्रति फिफाको आपत्ति

काठमाडौँ – फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउन चलिरहेको अभियानप्रति

एनपीएल तेस्रो संस्करण कात्तिक ९ देखि मङ्सिर ५ सम्म

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग

मध्यरातमा सांसद राजु पाण्डेले फेसबुकमा लेखे- ‘नाङ्गै जन्मेको थिएँ, नाङ्गै जल्ने छु’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र आन्तरिक किचलो सतहमा