अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारु नोटसहित ३ जना पक्राउ « Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारु नोटसहित ३ जना पक्राउ


१० जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा भारतीय रुपैयाँ (भारु) सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरु पाकिस्तानी नागरिक रहेका जनाइएको छ । नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको टोलीले ३ जनालाई पक्राउ गरेको हो ।

उनीहरुले बोकेका २ वटा व्रिफकेस चेकजाँच गर्दा ठूलो परिमाणमा भारतीय नोट फेला परेका प्रहरीले जनाएको छ ।

अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको भन्सार कार्यालयका कर्मचारी र प्रहरीले बरामद भएको नोट गणना गरिरहेका छन् । बरामद भएको नोट नक्कली या सक्कली के हो भन्ने विषय पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु कतारको दोहाबाट काठमाडौं आएका हुन् ।

प्रकाशित मिति : १० जेठ २०७६, शुक्रबार  १ : २१ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन