‘चोलेन्द्रबाट’ न्यायक्षेत्रको सुधार सम्भव छैन, पदच्युत गर्नै पर्छ : अध्यक्ष चण्डेश्वर श्रेष्ठ (भिडियोसहित) « Khabarhub

‘चोलेन्द्रबाट’ न्यायक्षेत्रको सुधार सम्भव छैन, पदच्युत गर्नै पर्छ : अध्यक्ष चण्डेश्वर श्रेष्ठ (भिडियोसहित)


२८ कार्तिक २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाट न्याय क्षेत्रको सुधार सम्भव नै नभएकाले उनलाई पदच्युत गर्नै पर्ने बताएका छन् ।

सर्वोच्च अदालतमा आज धर्ना दिनुअघि नेपाल बार एसोसिएसनको भवन परिसरमा कानून व्यवसायीलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले अब प्रधानन्यायाधीश जबराबाट न्याय सुधारको कुनै काम नहुने भएकाले पदच्युत गर्नुपर्ने अपरिहार्य रहेको बताए ।

अध्यक्ष श्रेष्ठले जबरा रहुञ्जेल न्यायपालिकालाई सुधार गर्न नसकिने भएकोले बारले राजीनामा माग गरिररहेको बताए ।

उनले जबराको राजीनामा नआएमा पदच्युत गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै जबराले न्यायमा विचलन ल्याइ न्याय प्रशासनलाई बर्बाद बनाएको आरोप लगाए ।

श्रेष्ठले भने, ‘हामीहरू आफ्नो न्यायपालिका सुधारको लागि लागेका छौँ। न्यायपालिकाको बाधक चोलेन्द्र शमशेर जबरा जबसम्म रहन्छ, हामीले न्यायपालिका सुधार गर्न सक्दैनौँ। त्यसकारण प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य छ।’

प्रकाशित मिति : २८ कार्तिक २०७८, आइतबार  १ : ५३ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल