केन्द्रीय समिति बैठकले कांग्रेस महाधिवेशनको सुनिश्चितता गर्‍यो : गगन थापा « Khabarhub

केन्द्रीय समिति बैठकले कांग्रेस महाधिवेशनको सुनिश्चितता गर्‍यो : गगन थापा


२९ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब महाधिवेशन हुने पक्कापक्की भएको बताएका छन् ।

आइतबारको केन्द्रीय समिति बैठकपछि महाधिवेशन हुन्छ भन्ने ढुक्क अवस्था आएको उनले बताएका छन् ।

काठमाडौं महानगर पार्टी समितिलाई सम्मान तथा बधाई ज्ञापन गर्न सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा थापाले भने, ‘हिजोको बैठकपछि भने अधिवेशन हुन्छ भन्ने ढुक्क भएका छौँ, पार्टीले होटल र हल बुक गर्न थाल्यो।’

निर्वाचन आयोगले बारम्बार दिएको दबाबपछि मात्रै अहिले नै महाधिवेशन गर्ने अवस्थामा पार्टी पुगेको उनको भनाइ छ ।

‘महाधिवेशन हुन्छ भन्ने अवस्था थिएन । निर्वाचन आयोगले तारन्तार दबाब नदिएको भए वा पुस पहिलो साताभित्र नयाँ नेतृत्वको नाम आयोगमा बुझाउनुनपर्ने भए अहिले नै हामी महाधिवेशन गर्दैनथ्यौँ होला’, उनले भने, ‘यो सामूहीक क्षयीकरणको प्रमाण हो । हामीले विधानको सर्वोच्चतालाई स्थापित गर्न सकेनौँ।’

उनले १३ लाख मत थप गरे मात्रै कांग्रेस अब पहिलो पार्टी बन्ने बताए । नयाँ मतदातालाई पार्टीमा आकर्षित गर्ने गरी काम गर्नुपर्ने उनले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  २ : २५ बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर