चितवनमा बन्द गराउँदै हिँड्ने विप्लवका जिल्ला अध्यक्षसहित ११ पक्राउ « Khabarhub

चितवनमा बन्द गराउँदै हिँड्ने विप्लवका जिल्ला अध्यक्षसहित ११ पक्राउ

फोटो फिचर


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- खाना पकाउने ग्यासलगायत पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको चितवनमा सामान्य प्रभाव परेको छ ।

बजारमा अधिकांश पसल बन्द भएका छन् । मालबाहक र लामो दूरीका यात्रुबाहक गाडी छिटपुट चलेका छन् । मोटरसाइकल र अटोहरू भने सदाझै निर्वाध चलेका छन् । केही यात्रु हिँडेरै आफ्नो गन्तव्यतर्फ लागिरहेका छन् । शिक्षण संस्था बन्द छन् । विद्यालय गएका विद्यार्थीहरू पनि घर फर्किएका छन् ।

बन्द गराउन गाडीको चाबी खोस्न खोज्ने र टायर बाल्न खोज्ने ११ जनालाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव नेकपाका जिल्ला अध्यक्ष सन्देश पौडेललगायत रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

‘जबर्जस्ती गाडीको चाबी खोस्न खोज्ने नौजनालाई नारायणगढ लायन्सचोकबाट पक्राउ गरेका हौँ । अरु दुईजना भने बाइपास रोडमा टायर बाल्न खोज्ने व्यक्ति हुन्’, उनले भने । जिल्लामा अहिले बन्दको प्रभाव सामान्य रहेको उनले बताए ।

आज बन्द आह्वान गरिएपनि सबै सरकारी कार्यालयहरू खुल्ने चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए । ‘सरकारी कार्यालयहरू हिजोअस्ति जस्तै आज पनि खुल्छन् । केहीले स्वस्फुर्त रूपमा गाडीहरू चलाउनु भएको छैन । राजमार्ग अवरुद्ध गर्न खोज्ने र टायर बाल्न खोज्नेलाई नियन्त्रणमा लिएका छौँ’, उनले भने ।

न्यूज कारखानाबाट

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ११ : ३७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित