दुर्घटना न्यूनीकरण गर्न ‘टाइमकार्ड’ « Khabarhub

दुर्घटना न्यूनीकरण गर्न ‘टाइमकार्ड’


१५ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–नर्ती सडकमा समय सीमा (टाईमकार्ड) निर्धारण गरिएको छ । आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो ।

जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय दाङलगायतका सरोकारवाला कार्यालयको बैठकले सो निर्णय गरेपछि आजदेखि टाइमकार्ड लागू भएको समन्वय समितिका प्रमुख अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए ।

उनका अनुसार प्रतिघण्टा ४० किलोमिटरको गतिमा चलाउने गरि टाइमकार्ड लागू गरिएको हो । जिल्लामा पछिल्लो समय दुर्घटनाको जोखिम बढिरहेको छ। साथै सोही सडकबीचमा पर्ने खाल्डाखुल्डी पुर्नेसमेत निर्णय भएको छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार  ११ : ५५ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर